कामपा १५ वडाबाट भुइखेल चौरमा भोजनको व्यवस्था

कामपा १५ वडाबाट भुइखेल चौरमा भोजनको व्यवस्था

मेट्रो संवाददाता

३० चैत २०७६ ०:१६

काठमाडौं महानगरपालिका वडा नं. १५ भुइखेल, स्वयम्भूमा दिवा भोजनको शुरुवात गरिएको छ ।
१५ नं. वडा, स्थानीय संघसंस्था, क्लब तथा स्वयम् सेवकहरुको सहयोगमा आजबाट २०० जनाको लागि दैनिक भोजनको सुरुवात गरिएको काठमाडौं महानगरपालिका प्रवक्ता एवम् १५ वडाध्यक्ष ईश्वरमान डंगोले बताए ।


‘पहिलो चरणको राहत वितरण सकिएको र दोश्रो चरणको राहत कार्यक्रम सुरु नहुञ्जेलसम्मका लागि यो व्यवस्था गरिएको हो । ’, वडाध्यक्ष डंगोल भन्छन् ‘कोही भोकै बस्न नपरोस् भनेर वडाबाट दिनहुँ छाक टार्न समस्यामा परेकाहरुका लागि आजैबाट २०० जनाका लागि दैनिक भोजनको शुरुवात गरेका छौं ।’

साथै कोरोना कोभिड – १९को संक्रमणलाई न्यूनीकरण गर्न काठमाडौं महानगरपालिका वडा नं. १५ भुइखेल, स्वयम्भूमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

१५ वडा कार्यालय, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा स्वयम्भूस्थित भुइखेल चौरमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

डंगोलका अनुसार संक्रमित भइसकेकाहरुलाई नभईकन विदेशबाट आएकाहरुलाई राख्न उक्त १० बेडको क्वारेन्टान्इन निर्माण गरिएको हो । तत्कालै क्वारेन्टाइनमा राख्नुपर्ने स्थिति वडाभित्र नभएपनि भोलीको आवश्यकतालाई ध्यानमा राखी उक्त क्वारेन्टाइन निर्माण भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता