कामपा १५ बाट भुइखेलमा निशुल्क भोजन गराउने अभियानमा सहयोगी थपिंदै

कामपा १५ बाट भुइखेलमा निशुल्क भोजन गराउने अभियानमा सहयोगी थपिंदै

मेट्रो संवाददाता

१ वैशाख २०७७ २३:२२

काठमाडौं । नेपाली सेना श्रीमती संघ, समाजसेवी तथा नेपाली सेनाको छाउनीस्थिति रेञ्जर रेजिमेन्टबाट रासनको सहयोग गरेको छ ।

आजै रेञ्जर रेजिमेन्टका गणपति राजेश बिक्रम शाहीलगायतका टिमले १५ वडाध्यक्ष ईश्वरमान डंगोललाई २० बोरा चामल सहयोग गरेका छन् ।

संघीय सांसद जीवनराम श्रेष्ठ, वडासदस्य निमा घ्याम्छो तामाङ, आनन्दराम गौतम, मैयालक्ष्मी महर्जन, अनिता परियार, स्थानीय वडाका सर्वदलीय सदस्यहरु तथा स्वयम् सेवकको उपस्थितिमा रासन हस्तान्तरण भएको हो ।

हरेक विहान ११ बजेदेखि २ बजेसम्म खाना ख्वाउँदै गरेको र आज १८६ जनाले खाना खाएको वडाध्यक्ष डंगोलले जानकारी दिए ।

काठमाडौं महानगरपालिका १५ वडाबाट असाहय, विपन्न तथा दैनिक ज्याला मजदुरहरुलाई भुइखेलमा खाना ख्वाउँदै आएको हो ।

१५ नं. वडाकार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय संघसंस्थाको सहयोगमा उक्त खाना ख्वाउने कार्यक्रम सञ्चालन गदै आएको जानकारी दिए ।

सरकारबाट घोषणा भएको लकडाउनका कारण दैनिक गुजारा गर्न गाह्रो भएका वडावासीहरुलाई राहत वितरण गर्दै आएको थियो । पहिलो चरणको राहत वितरण सकेको र दोश्रो चरणको सुरु नभएको परिस्थितिमा दैनिक खाना खाने व्यवस्था गरेको १५ वडाध्यक्ष ईश्वरमान डंगोलले बताए ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता