खेलाडीका लागि मनोवैज्ञानिक कक्षा सुरु

खेलाडीका लागि मनोवैज्ञानिक कक्षा सुरु

मेट्रो संवाददाता

१ वैशाख २०७७ २२:३६

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउनमा रहेको खेलाडी तथा प्रशिक्षकका लागि अनलाइन मनोवैज्ञानिक कक्षा सञ्चालन गरेको छ ।


नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लकडाउनका कारण खेलाडी तथा प्रशिक्षकहरुको शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम राख्न यो मनोबैज्ञानिक कक्षा सञ्चालन गरको हो ।


लकडाउनका कारण खेलाडीहरुको प्रशिक्षण बन्द भएको परिस्थितिलाई मध्यनजर गरी यो कक्षा स्पोर्ट्स साइकोलोजी कमिसनका अध्यक्ष इन्द्र गरुङले सञ्चालन गरेका थिए ।


एकसाता सञ्चालन हुने यो कक्षामा ओलम्पिक कमिटीबाट छात्रवृत्ति पाएको खेलाडी, वाईल्ड कार्डका उम्मेद्वारी र प्रशिक्षकहरुको सहभागिता रहेको छ ।


कोरोनाभाइरस सङ्क्रमणबाट बच्न विश्वभर चालिएका प्रयासका क्रममा जापानमा यो वर्ष हुने टोक्यो ओलिम्पिक एकवर्ष पर सारीसकेको छ ।


कोरोनाको कारण सरकारले नेपालमा गत ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता खेलाडीहरु घरभित्रै रहेका छन् । जसका कारण उनीहरुलाई मानसिक, शारिरिक रुपमा फिट राखि राख्नका लागि एनओसीले कक्षा संचालन गरेको हो ।


यस कार्यक्रमसँगै कोरोनाको संक्रमणबाट सुरक्षित राखी घरमै प्रशिक्षकको निगरानीमा खेलाडीहरुको स्वास्थ्यलाई तन्दरुष्ट राख्ने कार्यलाई पनि निरन्तरता दिइने एनओसीले बताए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता