मेट्रो संवाददाता
१४ जेठ २०७७ १७:११
नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश चुनौतीका रुपमा रहने पक्कै छ ।
सलह साधारण फट्याङ्ग्रा प्रजातिको एक विश्वकै खतरनाक आप्रवासी कीरा हो। सिङ छोटो भएको यो सामान्य फट्याड़ग्राभन्दा ठूलो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यसैकारण यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ।
यो किरा समूहमा बस्न मन पराउँछ । झुण्डमा रहने यी कीराहरुले सेरोटोनिन नामक हार्मोन आ(आफ्नो मस्तिष्कमा उत्पादन गर्छन जसले यिनीहरुलाई समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामुहिक काम गर्छन्।
यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किराले पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ ।
सन २०१९ को सुरुवात ताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थालेको थियो । अहिले भारतको राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात र उत्तर प्रदेशमा पनि देखा परी सकेको छ। नेपालको उत्तर प्रदेशको सबभन्दा नजिकको परेको हुनाले अब हाम्रो देश सलहको चपेटमा पर्न सक्ने सम्भावना बढी छ।
सलह किरा लाखौं वा करोडौंको संख्यामा हुन्छन् । सलहलाई एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ।
अचम्मको कुरा त के छ भने यसले बिरुवाका पातहरू खाएर सकिसकेपछि बिरुवाको हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्छ । त्यसैले यो फट्याङ्ग्रा अन्य किराभन्दा बढी क्षति गर्ने खालको हुन्छ । यो किरा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ । यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेकोे सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्छ। यही हिसाबले नेपालको दक्षिण तराईको भागबाट यसले दुईदेखि तीन दिनसम्म उत्तरी सिमाना पार गर्न सक्ने देखिन्छ । यसबाट यो किराको कृषि बालीमा क्षति गर्न सक्ने क्षमताको आकलन गर्न सकिन्छ ।
संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया यो किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ ।
हालसालै भारतमा यो किराले पाँच लाख हेक्टर क्षेत्रफलमा लगाइदिएको बालीलाई पूर्ण रुपमा क्षति पुयाइसकेको अनुमान गरिएको छ । भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा देखापरिसकेको सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरू पूर्णरुपमा क्षति पुर्या इसकेको छ ।
विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । यही जलवायुमा भएको परिवर्तनले यिनीहरूको जनसंख्या आठ हजार गुणासम्म बढेको बताइएको छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरूको जनसंख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने देखिन्छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


