मेट्रो संवाददाता
२२ जेठ २०७७ ९:५७
जेठ २२, काठमाडौं । काठमाडौंका व्यापारीहरुले आजदेखि पसल खोलेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारदेखि सबै किसिमका पसल विहान ११ बजेसम्म खोल्ने निर्णय गरेको छ । सोहि अनुसार आज काठमाडौंको नयाँसडक, इन्द्रचोक, असन, भोटाहिटी, नयाँ बानेश्वर, कोटेश्वर, बौद्ध, जोरपाटीलगायतका ठाउँमा पसल खोलेको छ ।
लकडाउन लम्बिदै गएकोले आफ्नो व्यवसाय बन्द हुने अवस्था आएको कारण देखाउँदै व्यवसायीहरुले पसल खोल्ने निर्णय गरेका हुन् । लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकोले बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको जानकारी महासंघले दिए।
सरकारले लकडाउनलाई निरन्तरता दिएको, लकडाउन खुलाउने पहल नगरेको तर कर तिर्न भने ताकेता गरिरहेको अवस्थामा अझै लकडाउन लम्बिने र व्यापार–व्यवसाय बन्द हुने हो भने पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएकोले रहरले नभइ बाध्यताले यस्तो निर्णय गर्नुपरेको महासङ्घले जनाएको छ ।
बजार पसल खुला भए पनि कोरोनाको जोखिम कम गर्न न्यूनतम दुरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाइने महासङ्घले जनाएको छ ।
सरकारले पनि व्यवसायीहरुलाई कर तिर्न अनुरोध गरे लगतै व्यवसाय संचालन बिना कर तिर्न सम्भावना नभएको भन्दै व्यापारीहरुले पसल खोलेका हुन् । राज्यलाई कर, घरभाडा, बैंकको ब्याज तथा कर्मचारीलाई तलब दिनुपर्ने भएकोले आफूहरु बाध्य भएर पसल खोल्नु परेको कुरा व्यापारीहरुले बताए ।
यसैक्रममा पसल खोलेका केही स्थानमा प्रहरीले पसल बन्द गर्न अनुराेध गरेका थिए । व्यवसायीहरुले पसल खोलेको खबर पाउनासाथ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले आकस्मिक बैठक बोलाएको थियो । बैठकबाट क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिलाई लकडाउन खुकुलो पार्न सिफारिस गरेको छ । बैठकले स्कुल, सिनेमा हल, पार्टी प्यालेस लगायतलाई पूर्णरुपमा बन्द गरेर अन्य अत्यावश्यक काममा व्यवसाय खोल्न मिल्ने गरी लकडाउनको स्वरुप परिवर्तन गरेको छ।
पसलमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था अनिवार्य गरिएको छ । धेरै भिडभाड हुने ठाउँमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै सुरक्षा घेरासमेत व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नै निर्माण गरेर मात्र व्यवसाय गर्न पाइने सङ्घले जनाएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


