नक्शा पारित भएको खुशीमा दीप प्रज्वलन (फाेटाे फिचर)

नक्शा पारित भएको खुशीमा दीप प्रज्वलन (फाेटाे फिचर)

मेट्रो संवाददाता

३२ जेठ २०७७ १४:५७

३१ जेठ, काठमाडौं । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज स्वयम्भू महाचैत्यको प्रांगणमा दीप प्रज्वलन गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा समेटिएको संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्नु भएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा समावेश गर्ने सम्बन्धी नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो ।

आज स्वयम्भूमा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको उपस्थितिमा नेपालको नक्शामा दियो बाली दीप प्रज्वलन गरेका छन् ।

सो अवसरमा कामपा शहरी पूर्वाधार विकास विभागका सदस्य मन राजा रंजित, वडासदस्य मैयाँलक्ष्मी महर्जन, चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापु लगायत स्थानीयहरुहरुको उपस्थिति थियो ।

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै देशभर दीप प्रज्वलन गरेका छन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता