मेट्रो संवाददाता
९ साउन २०७७ २१:२४
९ साउन, काठमाडाैं ।
अन्तत, रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते गरिँदैछ ।
साउन ९ गते गुठी संस्थान शाखा कार्यालय ललितपुरकाे संयाेजकत्वमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे छ ।
प्रतिनिधि सभाका सदस्य पम्फा भुसाल, कृष्णलाल महर्जन, बागमती प्रदेश सभा सदस्य राजकाजि महर्जन, जीवन खड्काहरूकाे उपस्थितिमा भएकाे उक्त बैठकमा रथाराेहण साउन १० गते शनिबार हालकाे महामारीकाे परिस्थितिलाइ पूर्णरूपमा पालना गर्दै नेपाल सरकारद्वारा जारी गरेकाे सबै स्वास्थ्य सुरक्षा नियमावलीअनुसार तथा सामाजिक दुरी लगयातकाे मापदण्डहरू पालना गर्दै रथाराेहण गर्ने निर्णय भएकाे छ ।
रथाराेहणा साउन १० गते नै हुने तर रथयात्रा हाललाइ भदाै १ गतेपछि हुने व्यहाेरासहित एक विज्ञप्ति सार्वजनिक भएकाे छ । विज्ञप्तिमा श्री राताे मिछन्द्रनाथ घकु, श्री मिननाथ पुजारी, श्री राताे मछिन्द्रनाथ पूजारी संघ, श्री राताे मछिन्द्ननाथ ज्याेतिष, ज्यापू समाज यल, गुठी संस्थान शाखा कार्यालय ललितपुर, ललितपुर महानगरपालिकासहितकाे संघ-संस्थाका अाधिकारीक व्यक्तिहरूकाे हस्ताक्षरसहितकाे उक्त विज्ञप्तिमा हालकाे अवस्थालाइ मध्यनजर गर्दै बुंग करूणामय र मीननाथकाे दर्शन घरैबाट गर्न अपिलसमेत गरेका छन् ।

यता, बुंग करुणामय रथ निर्माणमा सक्रिय बाराही नाईके दिलबहादुर बाराहीले देउताको रथारोहण गरेको चारदिन भित्र रथयात्रा गर्नु पर्ने परम्परालाई पनि हामिले विर्सन नहुने कुरालाई प्रष्ट पारे ।
त्यस्तै, ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार रथ तान्नको लागि शान्ति सुरक्षा, रथयात्राको व्यवस्थापनको बारेमा प्रशासनको आधिकारीक पत्र नआएसम्म आफुहरु पनि अघि नबढ्ने बताए ।
दैवज्ञ कीर्तिमदन जोशीकाअनुसार साउन १० गते शनिबार १२ बजेर ५ मिनेट देखि १२ बजेर १५ मिनेटसम्म रथारोहणको अन्तिम शुभसाइत रहेको छ ।
ललितपुरको पुल्चोकमा बनाइएको ३२ हात अग्लो रथमा करुणामय बुंगद्यः (रातो मच्छिन्द्रननाथ)लाई रथारोहण गर्ने अर्को साइत सार्वजानिक भए लगत्तै सर्वसाधारणमा फेरी एकपल्ट खुशी छाएको छ ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने करुणामय रातो मच्छिन्द्रनाथको पटक पटक गरी साउन ७ गते बुधबार पनि रथारोहण साइत गुठी संस्थानले स्थगित गरिएको थियो । यो पटक पनि रथारोहणको शुभसाइत फेरी सूचना निकालेर सार्ने हो कि भनेर सबैजना शनिबारको दिनलाई व्यर्गताका साथ कुरिरहेका छन् ।
दैवज्ञ जोशीले यो वर्ष अधिकामास अथवा मलमास रहेकोले त्यो महिना अगावै रथयात्रा समाप्त गरी बुंग करुणामयलाई बंगुमति नै लानु पर्ने बताए ।
बुंग करुणामय स्नानदेखि आजसम्म विधिपूर्वक गर्नुपर्ने कार्य निरन्तर दिंदै आइरहेको पानेजु कपिलदेव बज्राचार्यले जानकारी दिएका छन् । रथारोहण गर्नु नै पर्नेमा विशेष जोड दिंदै उनले भने, ‘मच्छिन्द्रनाथलाई स्थान गराएदेखि धार्मिक गर्नुपर्ने कर्म संस्कार क्रमशः गर्दै आएका छौं । रथारोहण भएन भने धार्मिक र तन्त्र साधना अनुरुप विधि पुरा हुँदैन । त्यसैले रथारोहण गर्नुपर्दछ । ’ उनले विशेष अनुराेधका साथ भने, ‘स्वास्थ्य सजगता अपनाउँदै रथारोहण कार्य गर्नुपर्दछ । यो सनातनी परम्परालाई यो वा त्यो बहानाले रोक्नु हुँदैन । जात्रा गर्ने वा नगर्ने अर्को पाटो हो, तर धार्मिक विधि विधान पुर्याउनुपर्दछ ।’
यता, रथाराेहणकाे लागि ललितपुरकाे पुल्चाेकमा बुंग करूणामयकाे रथनिर्माण कार्य भने अन्तिम चरणमा पुगेकाे छ ।
साेहीक्रममा फाटाेपत्रकार मनाेजरत्न शाहीले खिचेका रथनिर्माणका केही तस्बिरहरू यहाँ हेर्न सकिन्छ ।
तस्बिरहरू : मनाेजरत्न शाही
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...
































