कामपाले पशुपति क्षेत्र र रानीपोखरीमा अन्डरपास बनाउने

कामपाले पशुपति क्षेत्र र रानीपोखरीमा अन्डरपास बनाउने

मेट्रो संवाददाता

४ असार २०७७ १८:५२


४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रको क्षेत्रमा दुई वटा अन्डर पास बनाउने भएको छ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘ महानगरपालिकाको रानीपोखरीबाट खुलामञ्चमा जोड्ने र अर्को तिलगंगाबाट पशुपति क्षेत्रमा पनि अन्डरपास हुने भएको छ।’
बिहिबार २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख शाक्यले महानगर भित्रका दुई स्थानमा अन्डरपास बनाउने बताएका हुन्।

वाग्मती किनारमा फ्लाइओभर बन्ने, टेकु र लैनचाैरमा आधुनिक भर्टिकल पार्किङ


त्यसैगरी, टेकु र लैनचाैरमा आधुनिक भर्टिकल पार्किङ भवन निर्माण हुने उनले जानकारी दिए।
सोह्रखुट्टे–खुशिवुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल खण्डमा समेत आकाशेपुल बनाइने भएको छ । यी स्थानबाहेक अन्य सम्भाव्य स्थानमा फ्लाइओभर, अण्डरपास तथा पूर्वाधारको सम्भाव्यता अध्ययन, डिजाइन तथा निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने महानगरको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलबाट टेकु कालीमाटीसम्म वाग्मती किनारमा फ्लाइओभर बनाउने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेको हो ।

महानगरले फुटपाथ व्यवस्थित गरिँने भन्दै फुटपाथ अतिक्रमणलाई नियन्त्रण गर्ने समेत बताएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता