मेट्रो संवाददाता
५ असार २०७७ २३:३५
क्रिकेट साउथ अफ्रीकाले जुन २७ मा सेन्चुरीयनमा सोलिडारिटी कप ‘3TC’ नामक विशेष प्रदर्शनी क्रिकेट खेल आयोजना गर्ने घोषणा गरेको छ।
कोभीड-१९ महामारीले असर गरेका मानिसहरुलाई क्रिकेट मार्फत सहयोग रकम जुटाउन तथा महामारी बिरुद्ध एकजुट हुनको लागि खेलको आयोजना गर्न लागिएको हो। खेल नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ। कोरोना सुरक्षालाई ध्यानमा राख्दै खेल खेलिनेछ जसमामा दर्शकलाई प्रवेश निषेध गरिनेछ।
खेलको फर्म्याट अनुसार सहभागी तिन वटै टिमले एकै खेलमा प्रतिस्पर्धा गर्नेछन्। कुल ३६ ओभर खेलमा १२-१२ ओभरको तिन वटा इनिंग हुनेछ जसलाई ६/६ ओभरमा बाँडीनेछ। यो फर्म्याटमा हालसम्म कुनै पनि क्रिकेट खेल खेलीएको छैन।
क्रिकेट साउथ अफ्रिकाले खेलको लागि टिमको घोषणा समेत गरको छ जसमध्ये एउटा टिम एबि डी भिल्लीयर्सको कप्तानीमा रहनेछ भने क्विनटन डी कक र कागीसो रबाडा अन्य दुइ टिमको कप्तान रहनेछन्। खेलमा फाफ डु प्लेसिस, डेभिड मिलर, लुंगी एनगीडी जस्ता अन्य स्टार खेलाडीहरु समेत सहभागी हुनेछन्।
यस्तो हुनेछ नियम :
- खेलमा सहभागी तिन वटा टिममा ८/८ जना खेलाडीहरु हुनेछन्। कुल ३६ ओभरको खेललाई १८/१८ ओभरको हाफटाइममा बाँडिनेछ।
- एउटा टिमले कुल १२ ओभर ब्याटिंग गर्न पाउनेछ जसलाई ६/६ ओभरको दुइ इनिंगमा बाँडिनेछ। एउटा टिमले एउटा हाफमा एउटा बिपक्षीको सामना गर्नेछ भने अर्को हाफमा अर्को बिपक्षीको।
- पहिलो हाफमा टिमले ब्याटिंग गरेपछि ‘गोलाप्रथा’ मार्फत चुनिने टिमले फिल्डिंग गर्न जानु पर्नेछ।
- पहिलो हाफमा ब्याटिंग गर्ने तिन टिम मध्ये जसले धेरै रन बनाउछ उसैले पहिले ब्याटिंग गर्नेछ। यदी स्कोर बराबर भएको खण्डमा पहिलो हाफकै अर्डर अनुसार ब्याटिंग गरिनेछ।
- ७ विकेट गुमेको खण्डमा अन्तिमको ब्याट्सम्यानले एक्लै ब्याटिंग गर्न पाउनेछ। तर उक्त ब्याट्सम्यानले जोर संख्यामा मात्र रन बनाउन पाउनेछ।
- यदी पहिलो हाफमै टिमले ७ वटै विकेट गुमाएको खण्डमा टिमको इनिंग सक्नेछ। बाँकी अन्तिम ब्याट्सम्यानले अर्को हाफमा ब्याटिंग गर्न पाउनेछ।
- एउटा बलरले अधिकतम ३ ओभर बलिंग गर्न पाउनेछ। एउटा टिमले १२ ओभर बलिंग गर्दा एउटै बल प्रयोग गर्नेछ। सातौँ विकेट झर्दा ओभर पुरा नभएको खण्डमा बाँकी बललाई डट बल मानिनेछ।
- धेरै रन प्रहार गर्ने टिमले गोल्ड, दोश्रो हुनेले सिल्भर तथा तेश्रो हुनेले ब्रन्ज जित्नेछ। यदी दुइ टिमको रन अन्तिममा बराबर भएको खण्डमा सुपर ओभरले गोल्ड जित्ने टिम चुनिनेछ। सबै तिन टिमको योगफल बराबर भएको खण्डमा सबैले गोल्ड पाउनेछन् , यदी दोश्रो र तेश्रो टिमको योगफल बराबर भएमा सिल्भर बाँड्नेछन्।

तिन वटा टिममा को-को हुनेछन् खेलाडीहरु
KG’s Kingfishers: Kagiso Rabada (c), Faf du Plessis, Chris Morris, Tabraiz Shamsi, Reeza Hendricks, Janneman Malan, Heinrich Klaasen, Glenton Stuurman
Quinny’s Kites: Quinton de Kock (c), David Miller, Temba Bavuma, Anrich Nortje, Dwayne Pretorius, Beuran Hendricks, JJ Smuts, Lutho Sipamla
AB’s Eagles: AB de Villiers (c), Aiden Markram, Lungi Ngidi, Andile, Phehlukwayo, Rassie van der Dussen, Junior Dala, Kyle Verreynne, Sisanda Magala
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


