मेट्रो संवाददाता
८ असार २०७७ १९:५७
८ असार, काठमाडाैं ।
एक खेलमा १० गोल खाए पछि गोलकिपरलेनै म्यान अफ द म्याच जित्ने कुरा प्रायले नदेखेको हुन सक्छ।
एक गोल मात्र खाँदा धेरै गोलकिपरले अलोचनको सामना गर्ने पर्ने हुन्छ तर रसियाको पहिलो डिभिजनको लिग (रसियन प्रिमियर लिग) मा १० गोल खाने गोलकिपरलाई म्यान अफ द म्याच घोषित गरे पछि सामाजिक संजालमा यो बारे चर्चा भएको छ।
रसियन प्रिमियर लिगको चौथो स्थानमा रहेको टिम रोस्तोभको ६ खेलाडीमा कोरोनाभाइरसको संक्रमण भेटिए पछि पुरै टिम क्वारेन्टिनमा जान बाध्य भयो र आउँदो पीएफसी सोची बिरुद्धको खेल स्थगित गर्न रोस्तोभले अनुरोध गर्दा सोचीले अस्वीकार गरे पछि रोस्तोभ आफ्नो युवा खेलाडीहरुलाई खेलाउन बाध्य भयो।
रोस्तोभको टिममा १६ देखि १९ वर्ष सम्मका खेलाडीहरु थिए र उक्त युवा टिमले खेल १०-१ले हार्न पुग्यो तर हार्ने क्रममा रोस्तोभका १७ वर्षका युवा गोलकिपर पोपोभले खेलमा लीगकै रेकर्ड १५ सेभ गरे।
रुसी खेलकूद लेखक स्लाभा मालामुदका अनुसार उक्त युवाहरु खेलको लागि तयार थिएनन् र मार्चदेखि तालिममा आएका थिएनन् र ती मध्ये धेरै स्कूल विद्यार्थी रहेका थिए ।
१० गोल खाए पनि १७ वर्षका युवा गोलकिपरले म्यान अफ द म्याच जिते पछि सामाजिक संजालमा धेरै चर्चा भयोको छ र धेरैले उक्त युवा गोलकिपरको प्रशंसा गरेका छन्।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


