फास्ट ट्रायक र जिरो प्वाइन्ट महानगर बाहिर डुकुछापमा लैजाउ : नेवाः राष्ट्रिय मुक्ति माेर्चा

फास्ट ट्रायक र जिरो प्वाइन्ट महानगर बाहिर डुकुछापमा लैजाउ : नेवाः राष्ट्रिय मुक्ति माेर्चा

मेट्रो संवाददाता

२० असार २०७७ २३:४८

२० असार, काठमाडाैं ।

असार २० गते ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’नाराको ठीक विपरित ललितपुरस्थित खोकनाको सुडोलस्थित आफ्नै खेतमा धान रोपाइँ गर्न गएका किसानहरुलाई सरकारपक्षले अवरोध जनाएको थियो ।

उक्त दिन शसस्त्र प्रहरीले लाठी चार्ज, टियर ग्याँस र हवाई फायरसमेत गरी रोपाह किसानहरूमाथि अमानवीय दमन गरिएकोमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बिज्ञप्ति मार्फत घोर भत्सर्ना गरेको छ । दमनमा निहत्था दर्जनौं किसानहरुलाई घाइते बनाइएकोमा घोर आपत्ति जनाउँदै निशुल्क उपचार गर्नुपर्ने माग राखेको छ ।

खोनाको सिकालीस्थित सिडोलमा फास्ट ट्रायकको जिरो प्वाइन्ट राख्नेक्रममा १०० मिटर र थप फेरी ५० मिटर अधिग्रहण गर्ने योजन सरकारले स्वीकृत गरेको छ । डिपिआर तथा लगानीकर्ता गोप्य राखिएको तर राष्ट्रिय योजना नामांकन गरि नेपाली सेनालाई निर्माणको जिम्मा दिइको छ । सेनाको काम भनेको देशको सीमाको रक्षा गर्नु हो, ठेक्का पट्टा गर्नु होइन र साथै खोनामा जिरो प्वाइन्ट राख्न लगाउनुमा विभिन्न जग्गाको दलालहरुसँग मिलि भगतमा सेनाले जग्गाको प्लटिङलाई समेत जग्गा अधिग्रहण गरेकोमा नेवाः मुक्ति मोर्चाले आफ्नो विज्ञप्तिमार्फत विरोध जनाएको छ ।

खोनामा जिरो प्वाइन्ट बनाउँदा बुंग र खोनाको खेतीयोग्य जमिनका साथै साँस्कृतिक सम्पदा विनास भई खोनावासीहरु आफ्नो भएभरको जायजेठा गुमाएर किसानी तथा साँस्कृतिक जीवन त्याग्नु पर्ने हुन्छ । विकास निर्माणको नाममा विश्वको कुनैपनि ठाउँ जहाँ साँस्कृतिक सम्पदाले भरिएको छ त्यहाँ फास्ट ट्रायक र त्यसको जिरो प्वाइन्ट बनाउन नपाउने विश्वव्यापि नियम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेवाः मुक्तिमोर्चाको अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले जग्गा दलाल र सेनाको मिलिभगतमा विश्वव्यापि नियमलाई अवहेलना गरी साँस्कृतिक सम्पदा क्षेत्र र महानगरभित्र नै फास्ट ट्रायक र जिरो प्वाइन्ट बनाउने ढृष्टता गरेकोमा घाेर भत्सर्ना गर्दै फास्ट ट्रायक र जिरो प्वाइन्ट महानगर बाहिर डुकुछापमा लैजान जोरदार माग गरेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता