महानगरको सातौं अधिवेशन सम्पन्न, बिनियोजन बिधेयक र बार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित

महानगरको सातौं अधिवेशन सम्पन्न, बिनियोजन बिधेयक र बार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित

मेट्रो संवाददाता

२२ असार २०७७ १८:४८

असार २२, काठमाडौं ।

राष्ट्रिय सभागृहमा आयोजना गरिएको काठमाडौं महानगरको सातौ अधिवेशनको चौथो बैठकले बिनियोजन बिधेयक र बार्षिक बजेट तथा कार्यक्रम अाइतबार सर्वसम्मतिले पारित गरेको छ ।

बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । पहिलो सूचीमा आ. व. २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रम उपर छलफल गर्ने र पारित गर्ने थियो भने दोश्रोमा बिनियोजन बिधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो । बैठकको तेश्रो, चौथो र पाँचौं कार्यसूचीमा लेखा, न्यायिक र शुशासन समितिको बार्षिक प्रतिवेदन पेश गर्ने छलफल गर्ने र पारित गर्ने थियो भने छैटौं सूचीमा बिबिध थियो ।

कर्मचारी समायोजन गरेर उनीहरुको आत्मबल उच्च बनाउनु पर्ने, आपसी सन्बन्ध राम्रो बनाएर प्रशासन र सेवा प्रणालीलाई सुधार गर्नुपर्ने, सहरी स्वास्थ्य सुधार, जेष्ठ नागरिक, महिला र बालबालिकाका लक्षित कार्यक्रम, समावेशिता, सहभागिता र पहुँचयुक्तताको बिषयमा पनि धारणा राखिएका थिए ।

सभा समापन अवसरमा सभाका उपाध्यक्ष तथा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सामुहिक प्रयत्नले मात्र परिणाम ल्याउन सकिने भएकोले स्वीकृत कार्यक्रमलाई सबैले अपनत्व गरेर कार्यान्वयनमा लाग्नुपर्ने बताए ।

असार ४ गते महानगरको सातौं अधिवेशन शुरु भएको थियो । पहिलाे दिन काठमाडाैं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दोश्रो बैठकमा नीति कार्यक्रममा छलफल गरिएको थियो ।

असार १० गते आयोजना गरिएको अर्को बैठकमा मेयर शाक्यले आर्थिक बिधेयक र उपमेयर श्रेष्ठले बजेट र बिनियोजन बिधेयक पेश गरेका थिए ।

असार १८ गते तेश्रो बैठकले आर्थिक बिधेयक पारित गरेकाे थियाे भने असार २१ गतेको बैठकले बजेट तथा कार्यक्रम, बिनियोजन बिधेयकमाथि छलफल गरेको थियो ।

बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । सदस्यहरुले दिएका सुझाव समेटेर संशोधनसहित बिधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता