ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना पाेजेटिभ

ऐश्वर्या राय बच्चन र उनकी छोरीलाई पनि कोरोना पाेजेटिभ

मेट्रो संवाददाता

२८ असार २०७७ १८:५५

२८ असार, काठमाडाैं

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् ।

बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चन पछि अहिले बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चन पनि कोरोना संक्रमित भएका हुन् ।

जया बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आराध्या र ऐश्वर्या घरमा नै क्वारेटिनमा रहने अभिषेक बच्चनले सोसियल मेडियामार्फत जानकारी दिएको छ ।

अभिषेकले ट्वीटमार्फत भने, ‘ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु दुबैजना होम क्वारेटाइनमा रहने छन् । बीएमसीलाई उनीहरुको जानकारी दिइसकेको छ । घरका बाँकी सबै सदस्यहरु र मेरी आमाको रिपोर्ट नेगेटिभ आएको छ । तपाइँहरु सबैको प्रार्थनाको लागि धन्यवाद ।’

यसको लगतै अभिषेकले अर्को एउटा ट्वीट गर्यो, ‘ डाक्टरले जहिलेसम्म भन्छन्, तबसम्म म र मेरो बुबा अस्पतालमा नै बस्नेछौं । तपाइँहरु सबैजना पनि कृपया आफ्नो ध्यान राख्नुहोला र सबै नियमको पालना गर्नुहोला ।’

भारतीय सञ्चारमाध्यम अनुसार अमिताभ बच्चनको स्वास्थ्य अहिले पहिलेकोभन्दा राम्रो छ । अमिताभ बच्चनलाई स्वासप्रस्वासमा समस्या देखिएको थियो । शनिवारको राती लगभग १० बजे उनलाई अस्पताल लगिएको थियो । अमिताभ बच्चनलाई अहिले ठीक छ, तर स्वासप्रस्वासमा अप्ठेरो भइरहेको छ । उनको उमेर र पहिलेको रोग हेरेर उनको स्थिति सुधार आउन अलि समय लाग्नेछ ।
अमिताभ बच्चनको फ्यानहरु उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । कोही हवन गरिरहेका छन् भने कोही पूजा–पाठ गरिरहेका छन् । जहिलेदेखि अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको खबर आएको छ, अस्पताल बाहिर उनको प्रशंसकहरुको भीड बढ्न थालेको छ ।

यो पनि : बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

यो पनि : बलिउड महानायक अमिताभ बच्चनसँगै अभिषेक बच्चनपनि काेराेणा संक्रमित

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता