बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमित

मेट्रो संवाददाता

२८ असार २०७७ ०:३७

२८ असार, काठमाडाैं ।

बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनी भारतको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जानाएका छन् ।

अभिनेता बच्चनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरु तथा परिवारका सदस्यहरुमा समेत कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भनेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

सामाजिक सञ्जाल मार्फत उनले पारिवारको सदस्य र अन्य स्टाफहरुको परीक्षण प्रक्रिया अघि बढिसकेको र नतिजा पर्खाइमा रहेको पनि जनाएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

७७ बर्षीय बच्चन अभिनित चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका चलचित्रहरु रिलिजको तयारीमा छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता