मेट्रो संवाददाता
३ साउन २०७७ २:५३
२ साउन, काठमाडाैं ।
कोरोना संक्रमणका कारण बलिउड नायिक ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई शुक्रवार राती मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ ।
हालै मात्र बच्चन परिवारका चार सदस्यलाई कारोना पोजिटिभ भेटिएको थियो । गत शनिबार अमिताभ बच्चन र अभिषेक बच्चन कोरोनाको कारण अस्पताल भर्ना गरी उपचार भइरहेको थियो भने ऐश्वर्या र आरध्यालाई भने होम क्वारेन्टाइनमा राखेर उपचार भइरहेको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या र आरध्यालाई हल्का ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो । ऐश्वर्यालाई स्वासप्रस्वासमा अलि समस्या देखिएको र आरध्याको सिटी स्क्यान गरिएको छ ।
अमिताभ र अभिषेक अस्पताल भर्ना भएको ७ दिन भइसकेको छ । गत शनिबार ७७ वर्षका अमिताभ र ४४ वर्षका अभिषेक आफै गाडी चलाएर अस्पताल पुगेका थिए । दुबैजनाले आफूहरुलाई कोरोना पोजिटिभ भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका दिए ।
आजको दिनसम्म भने जयाबच्चनको दुइपल्टसम्मको रिर्पोट नेगेटिभ नै आएको छ । उनको स्वास्थ्यस्थिति सामान्य भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


