यौन सम्पर्क र कोरोनाको डर

यौन सम्पर्क र कोरोनाको डर

मेट्रो संवाददाता

२९ असार २०७७ ३:१७

यौन (सेक्स) प्राकृतिक कुरा हो । हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ । अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसको शरीरमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रुपमा मौजुद हुन्छ ।

यस्तो यौन ऊर्जा युवाकालमा निकै बलशाली हुने गर्छ । मानिसको मस्तिष्कमा विद्यमान लिम्बिक प्रणालीले कामुक इच्छा, कामोत्तेजना, यौन सक्रियता तथा सहवासको प्रक्रियालाई नियम र नियन्त्रण गर्ने काम गर्छ ।

जब स्त्रीपुरुष एक अर्काप्रति आकर्षित हुन्छन्, त्यसबेला टेस्टोस्टरेन तथा फेनिलथैलामाइन जस्ता हार्मोनहरू निस्कासन हुन्छन् । टेस्टोस्टरेनलाई पुरुष हार्मोन भनिन्छ । यो हार्मोनले सेक्स चाहना जगाउन तथा यौनांगलाई उत्तेजित बनाउने कार्य गर्छ । यो हार्मोनले नै स्त्रीपुरुषलाई सहवासका लागि उत्साहित तुल्याउँछ ।

फेनिलाथैलामाइनले मुडलाई नियन्त्रित गर्छ । यसका साथ यौन प्रक्रियाको बेलामा एण्डोर्फिन, अक्सीटोसिन जस्ता हार्मोनहरू पनि निस्कासन हुने गर्छन् । कामुक वातावरणमा आलिंगन, चुम्बन तथा स्तन मर्दन गर्दा वा यौनांग खेलाउँदा एण्डोर्फिन निस्कासन हुने गर्छ । यो हार्मोनले प्रसन्नता तथा रोमांचकता पैदा गर्छ भने अक्सिटोसिन कामवासनाका लागि सिधा रुपमा जिम्मेवार हुन्छ ।

प्रकृतिले वनस्पति तथा पशुपक्षीलाई विशेष ऋतुमा मात्र यौन (सेक्स)प्रति क्रियाशील बनाउँछ । जब कि मानिसलाई यौनका लागि ऋतुको छेकवार छैन । मानिस प्रत्येक ऋतुमा यौन क्रिडामा सक्रिय रहन सक्छ ।

हुन पनि एउटा जवान व्यक्ति शारीरिक शक्तिले यति ऊर्जावान् हुन्छ कि त्यो शक्तिको अभिव्यक्ति शारीरिक काम–क्रियाद्वारा प्रदर्शित गर्ने प्रयत्न गर्दछ । त्यसैले जवान व्यक्तिहरु सँधै यौन सम्पर्क गर्न लालायित हुन्छन् । र, यौन सम्पर्कबाट एक छुट्टै किसिमको आनन्द पनि प्राप्त गर्छन् । यही आनन्दका कारण नै मानिसहरु सँधैजसो यौन सम्पर्क गर्न आत्तुर हुन्छन् ।

यौन सम्पर्क केबल पतिपत्नीका बिचमा मात्र नभएर केटा साथी तथा केटी साथीका बीच, परस्त्री वा परपुरुषका साथ तथा यौनकर्मीका साथ पनि हुने गर्दछ ।

‘कतिपयलाई यौन सम्पर्क गर्न नपाउँदा तनाव बढेको छ भने कतिपय एउटै छानामुनि बस्ने पतिपत्नीहरुले पनि डराइडराइ मज्जाहीन यौन सम्पर्क गरेको अवस्था छ’

यदि यौन सम्पर्कमा कुनै बिघ्नबाधा आएको खण्डमा व्यक्तिमा मानसिक तनाव मात्र होइन कि कतिपय मानसिक समस्याहरु पनि पैदा हुन सक्दछ । त्यसैले कोरोना माहमारीका कारण भौतिक दुरी कायम राख्नु पर्ने वर्तमान परिस्थितिमा यौन सम्पर्क कति सुरक्षित छ वा छैन भन्ने प्रश्न धेरैको मनमा छ ।

कतिपयलाई यौन सम्पर्क गर्न नपाउँदा तनाव बढेको छ भने कतिपय एउटै छानामुनि बस्ने पतिपत्नीहरुले पनि डराइडराइ मज्जाहीन यौन सम्पर्क गरेको अवस्था छ ।

अध्ययन भन्दछ, कोभिड १९ सेक्सुल ट्रांसमिटेड डिजिज होइन, यौन सम्पर्कबाट यो रोग सर्दैन । यौन सम्पर्कबाट सार्स कोभ २ अर्थात कोरोना भारइसको संक्रमण भएको कुनै प्रमाण पनि छैन । कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा सास फेर्दा तथा संक्रमित व्यक्तिले छोएको, समाएको तथा खोकेको ठाउँमा समाई साबुनपानीले हात नधोइकन नाकमुखमा लग्ने हो भने सर्न सक्दछ ।

तर यौन सम्पर्क गर्दा कोरोना भाइरस पार्टनरमा सर्ने अहिलेसम्म कुनै वैज्ञानिक तथ्य नदेखिएता पनि संक्रमतिलाई चुम्बन गर्दा भने संक्रमण हुन सक्दछ । त्यसैले कोरोना पोजेटिभ व्यक्तिमा कोभिड १९ लक्षण नदेखिएता पनि यौन सम्पर्क नगर्नु ठीक हुन्छ ।

‘जोखिमको अवस्थामा रहेका टाढाका साथीसँग, परस्त्री तथा परपुरुषसँग, यौनकर्मीहरुसँग यौन सम्पर्क नगर्नु नै उचित हुन्छ’

तर जोखिमको अवस्थामा नरहेका पतिपत्नी जस्तो कि घर बाहिर नगएका, घरमै बसेका, बाहिरी मानिसहरुको सम्पर्कमा नआएका र परिवारका कुनै पनि सदस्यहरुलाई कोभिड १९ को लक्षणहरु देखिएको छैन भने पतिपत्नीले कुनै डर बिना निर्धक्क मजाले यौन सम्पर्क गर्न सक्नुहुन्छ ।

जोखिमको अवस्थामा रहेका टाढाका साथीसँग, परस्त्री तथा परपुरुषसँग, यौनकर्मीहरुसँग यौन सम्पर्क नगर्नु नै उचित हुन्छ । त्यसो त एउटै ठाउँमा बस्ने कोरोनाबाट जोगिन पर्याप्त सुरक्षा उपायहरु अपनाएका जोडीहरुले सेक्स गर्नु भन्दा पहिला र सेक्स गरिसके पछि हातमुख साबुनपानीले धुने तथा मास्क लगाएर यौन सम्पर्क गर्न त्यति खतरा हुँदैन ।

तर कोरोनाका महामारीको यस दौरानमा एउटै घरमा सुरक्षित पतिपत्नीले बाहेक अरुसँग यौन सम्पर्क नगर्नु नै राम्रो हुन्छ । कोभिड १९ को कुनै लक्षणहरु नदेखिएका नयाँ व्यक्तिसँग पनि यौन सम्पर्क नगर्नु नै वेश ।

यौन सम्पर्कको विकल्पमा फोन तथा भिडियोमा रमाइला कुराहरु गरेर आनन्द लिनु उत्तम हुन्छ । सेक्स टोय अर्को विकल्प हुन सक्दछ । तर यस किसिमको यौन सम्पर्कमा पनि सरसफाइको विशेष ध्यान दिनु पर्छ ।

सेक्स टोय यौन सम्पर्कको एक विकल्प भएता पनि यसले खासगरी महिलालाई लती बनाउने खतरा रहेको अनेक मनोवैज्ञानिक अध्ययनले देखाएको छ ।

अक्षरपाटीबाट सभार

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता