मेट्रो संवाददाता
२९ असार २०७७ २:४४
२८ असार, काठमाडौं ।
सरकारी स्वामित्व रहेको साझा यातायातले साउन १ गतेदेखी उपत्यकामा सार्वजनिक यातायात चलाउने भएको छ ।
सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझा यातायातले बस चलाउने भएको साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत साझा यातायातले छोटो दुरीमा केही दिनभित्रै बस चलाउनेगरी तयारी थालेको र साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने जानकारी दिएका हुन् ।
Sajha Yatayat buses stand at ready to start limited service in the Valley within the next few days, promoting safe travel with social distancing. The buses and we their handlers have missed our passengers dearly, and can’t wait to get back on the road. pic.twitter.com/ycuegmlus0
— Kanak Mani Dixit (@KanakManiDixit) July 11, 2020
साझा यातायात सहकारी संस्था लिमिटेडका निमत्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेका अनुसार काठमाडौं उपत्यकामा रुट परमिट पाएका ठाउंमा आवश्यक सुरक्षाका उपाए अपनाउंदै २६ वटा बसहरु सञ्चालनमा ल्याइने छ ।
लामो समयदेखि जारी लकडाउनका कारण थन्किएका गाडीको हाल मर्मत सम्भारको भइरहेको छ । सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने छ त्यस्तै यात्रुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र सिटमा सामाजिक दूरी कायम गरिने बताईएको छ ।
यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले विभिन्न माग राख्दै सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएका छन् । व्यवसायीले बैंकको किस्ता, स्वास्थ्य बिमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने शर्त अघि सारेका छन् ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


