मेट्रो संवाददाता
७ साउन २०७७ २०:०४
७ साउन, काठमाडाैं
नेपाल ओलम्पिक कमिटी (एनओसी)को उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ ।
एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । यो संगै उनले एनओसीमा रहेर दैनिक गतिविधीहरु सञ्चालन गर्ने जिम्मेवारी समेत पाएका छन ।
एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठले एनओसी भवनमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको पत्र हस्तान्तरण गरेका छन । सो अवसरमा उनले एनओसीकै इतिहासमा पहिलो पटक राजवैद्य जस्तो व्यक्तित्व कार्यकारी निर्देशकका रुपमा पाएको बताए ।
कार्यकारी निर्देशकको जिम्मेवारी पाएका राजवैद्यले सन १९८५ मा नै एमविएको अध्ययन समेत पुरा गरेका छन भने उनले टेवल टेनिस डव्लस स्पर्धामा तिन पटकका राष्ट्रिय च्याम्पियन समेत हुन । राष्ट्रिय टेवल टेनिस सिंगल्स तेश्रो भएका उनले अल नेपाल इन्टर कलेज टेवल टेनिसका च्याम्पियन समेत हुन । उनी २०४६ सालमा टेवल टेनिस संघको कार्यसमिती सदस्य र कोषाध्यक्षको जिम्मेवारीमा समेत रहीसकेका छन ।
विसं. २०६३ मा नेपाल टेवल टेनिस संघको अध्यक्ष रहेका राजवैद्य दुई पटक निर्वाचित हुँदै त्यसको नेतृत्व सम्हालिसकेका छन । सन २०११ देखि २०१५ सम्म एनओसीको सदस्य पदमा निर्वाचित उनले सन २०१९ देखि एनओसीको उपाध्यक्ष पदमा आशिन रहेका छन । उनी विगत ३२ वर्ष देखि एशिया प्यासिफिक ट्रेड कन्सर्नको कार्यकारी निर्देशकको रुपमा रहेका छन ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


