मेट्रो संवाददाता
८ साउन २०७७ २:५४
७ साउन, काठमाडाैं ।
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आज काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पार्क उद्घाटन गरिएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै आज पुष्पलाललाई टोल टोलमा सम्झिरहेको र उनले कम्यूनिष्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको कदर सबैले गर्नु पर्ने बताए ।
‘पुष्पलालले माक्र्सको विचारलाई संसारभरी रहेका सर्वहारा वर्गका लागि वैचारिक हतियारका रुपमा घोषणापत्र तयार पारी नेपाल कम्यूनिष्ट पार्टीको घोषणा गरेका थिए ।’ सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘ पुष्पलालले वि.सं. २००६ साल बैशाख १० गते लेनिन दिवसको अवसरमा कम्यूनिष्ट पार्टीको स्थापनाको घोषणा गरेका थिए ।’
‘पार्टी भनेको विचार, विधि र पद्धतिबाट चल्छ । असल कम्युनिष्ट हुन सिक्नु पर्छ ।’ उनले भने, ‘ जनताप्रति निस्वार्थ सेवाको भावबाट लाग्न सक्नु पर्छ । कसैले कुनै गलत काम गर्छ भने त्यसको सजाँय पार्टीले होइन व्यक्तिले पाउनु पर्छ र सो लागु नभएमा पार्टी सकिन्छ ।’
पार्टीको बारेमा बोल्नेक्रममा वादविवाद हुँने बित्तिकै आँत्तिनु पर्दैन तर विधिबाट टुंग्याउनु पर्छ । नेता को हो भन्ने कुरा होइन, कुन विधिबाट अगाडि बढ्ने भन्नेमा लाग्नु पर्छ । सो लागु भएमा जनताले पुनः पार्टीलाई जिताउनेछ उनले भने ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरलाई हरियाली क्षेत्रका रुपमा विकास गर्न खालि ठाउँहरुलाई पार्कको रुपमा विकास गर्न अगाडि बढीरहेको बताए । सञ्चार माध्यममा देखिएको विकृतिप्रति इंगित गर्दै उनले समाचार प्रकाशन गर्दा समाचारको मूल्य र मान्यता अनुरुप चल्नका लागि आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य बसन्त मानन्धरले पुष्पलाललाई युगद्रष्टाका रुपमा चिन्न सकिने बताए । ‘उहाँले जुन तीन ‘स’को सिद्धान्त प्रतिपादन गर्नुभएको छ, सिद्धान्त, संगठन र संघर्षको मान्यतालाई स्थापित गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।’ उनले भने ।
कार्यक्रम पुष्पलाल स्मृति केन्द्रका अध्यक्ष एवम् कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनको सभापतित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कामपा प्रवक्ता एवं १५ वडाध्यक्ष ईश्वरमा डंगोल, शहरी विकास पूर्वाधार प्रमुख रामबहादुर थापा, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सभा सदस्य वसन्त मानन्धरको नेतृत्वमा बागमती प्रदेश सरकार द्वारा बिनियोजित बजेटबाट स्तरोन्नती गरिएको हो । कामपा १८ स्थित पुष्पलाल स्मृति पार्कमा माया देवी र बाल बुद्धको मूर्तिसमेत आजै अनावरण भएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


