भवन भत्किएको १८ घन्टापछि एक बालकको सकुसल उद्दार

भवन भत्किएको १८ घन्टापछि एक बालकको सकुसल उद्दार

मेट्रो संवाददाता

९ भदौ २०७७ १९:३६

एजेन्सी । भारतको महाराष्ट्रमा भवन भत्किएको १८ घन्टापछि एक बालकको सकुसल उद्दार गरिएको छ ।

महाराष्ट्रको रायगढ जिल्लाको काजलपुरा क्षेत्रमा सोमबार करीब ७ बजेतिर पाच तल्ले भवन भत्केको थियो ।

भत्केको भवनमा ८० देखि ९० जना फसेको अशंका गरिएको छ । भारतीय सञ्चार माध्यमकाअनुसार रायगढ जिल्लाका अधिकारी निधि चौधरीले ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । जसमा ४ जना पुरुष र ५ जना महिला छन् ।

भवन ढलेदेखि नै रेस्क्यू अपरेसन सुरु गरिएको थियो । सोमबार बेलुकी ७ः०० बजे भत्किएको भवनबाट मंगलबार दिउँसाे १ः०० बजेतिर ५ वर्षको एक बच्चालाई सकुसल निकालिएको थियो ।

उद्दार गरिएको बालकको नाम मोहम्म वांगी हो । अहिले उनलाई रेखदेखको रुपमा अस्पताल भर्ना गरिएको छ । एक अधिकारीकोअनुसार उद्दार गरिएको बालक एउटा पिलरसँगै थियो । पिल्लरसँगै भएको कारण भवन भत्किएता पनि उनलाई केहि भएन ।

भत्किएकाे भवनकाे पुरानाे तस्विर
माेहम्मद वांगी नामका बालक जसलाइ १८ घन्टापछि सकुसल उद्दार गरिएकाे छ ।
क्यामेराकाे सहयाेगबाट क्षतीग्रस्त इलाकामा फसेका नागरिकहरूकाे पत्तालगाउँदै ।
क्षतीग्रस्तस्थानमा अझैपनि धेरैसंख्यामा नागरिकहरू हुनसक्ने अाशंका गरिएकाे छ ।
पाँच तले भवन ढलेपछि वरपरका केही घरहरूमा पनि क्षती पुगेकाे छ ।
घटनालगत्तै रस्क्यू अपरेशन भइरहेकाे र याे अझ अर्काे एक दिनसम्म हुन सक्नेछ ।
क्षतीग्रस्त घटनास्थलबाट एक महिलालाइ निकाल्दै डिजास्टर रेस्क्यू फार्सका जवानहरू ।
अाफन्तलाइ गुमाएकाे पीडा ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता