भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

मेट्रो संवाददाता

१४ माघ २०७८ १६:२९

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना सङ्क्रमण निको  भईसकेको छ । 

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंँगै कोरोना शुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ  । कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता