इजरायलमा एक हजार वर्ष पुरानो सुनको सिक्का भेटिए

इजरायलमा एक हजार वर्ष पुरानो सुनको सिक्का भेटिए

मेट्रो संवाददाता

१० भदौ २०७७ ७:४४

एजेन्सी । इजरायलमा एक हजार वर्ष पुरानो सुनका सिक्काहरु फेला परेको छ । इजरायलको मध्य भूभागको यवन सहरकाे  एउटा पुरातात्त्विक उत्खननको काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फीहरू फेला पारेका छन्।

युवा भोलिन्टरहरुले गरेको उत्खनन्मा भेटिएका अशर्फिहरू १,१०० वर्षअघि एउटा भाँडाेमा राखेर त्यहाँ गाडिएकाे इजरायल पुरातत्व प्राधिकरणले विश्वास गरिएकाे छ । ती सिक्काहरूको कुल तौल ८४५ ग्राम छ।

उत्खनन् अधिकारीले रोइटर्सलाई दिएको जानकारीअनुसार ती सिक्काहरु एउटा भाडोमा राखेर जमिनमा भित्र किलाले थोकेर राखेका थिए । ती सिक्काहरुलाई पुरा सुरक्षित तवरले जमिनमुनि लुकाइ राखेका थिए ।



जति बेला ती सिक्काहरू गाडियो त्यति बेला त्यो ठूलो धन थियो र त्यसले उक्त क्षेत्रमा एउटा भव्य घर किन्न पुग्ने अनुमान गरिएको छ। कसले ती सिक्काहरू लुकायो र किन पछि झिकेन भन्ने कुरा रहस्यकै गर्भमा छ।

“एघार सय वर्षअघि यो धन गाड्ने व्यक्तिले पछि निकाल्ने विचार गरेको हुनुपर्छ। उसले उक्त भाँडो नसरोस् भनेर काँटी पनि ठोकेको रहेछ,” इजरेलको पुरातत्त्व हेर्ने निकायमा उत्खनन विभागका निर्देशकहरू लियाट नादाभ-जिभ र एली हाड्डाडले एउटा विज्ञप्तिमा भनेका छन्।

ती असर्फीहरू फेला पार्ने युवक ओज कोहेनले आफूले पहिला भुइँ खनेर माटो निकालेपछि मसिनो पातजस्तो वस्तु देखेको बताए।

“फेरि हेर्दा ती वस्तुहरू सुनका सिक्का पो रहेछन्,” उनले भने। प्राचीन सिक्काका जानकार रोबर्ट कूलका अनुसार उक्त गाडधनमा सुनले बनेका ‘दिनार’ बाहेक २७० वटा सुनका साना टुक्रा पनि थिए।

इजरायली पुरातत्व प्राधिकरणले सोमबार भेटिएका ४२५ वटा अशर्फि करीब ११ सय वर्ष भन्दा पहिला अब्बासी वंशको शासनकालको भएको जानकारी दिएका छन् ।

प्राधिकरणकाअनुसार यो सुनका सिक्का इस्लामको सुरुवाती समयको हो । भेट्टिएका अशर्फिमा एउटा डिनार खलीफा हारुन अल–रसिदको समयको थियो । खलीफा सन् ७८६ देखि ८०९ बीचका शासक थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता