कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको एउटा चिनियाँ खोपको मूल्य १५ हजार

कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको एउटा चिनियाँ खोपको मूल्य १५ हजार

मेट्रो संवाददाता

१२ भदौ २०७७ ६:००

बिबिसी । विश्वब्यापी महामारीका रूपमा फैलिएकाे कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने प्रतिस्पर्धा तीव्र गतिमा अघि बढिरहेकाे छ ।

यहिक्रममा चीनमा बनाइरहेकाे एक खोपकाे मूल्य निर्धारण गरेकाे छ । चीनकाे सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ। भाः क्वःछिउसां थ्व खोपया परीक्षण धाःसा न्ह्यानाच्वंगु दनि ।

विकासको क्रममा रहेको एउटा खोपको तस्बिर गत साता सरकारी सञ्चारमाध्यममा छापियो। तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन्।

विश्वभरि खोपकाे परीक्षण अन्तिम चरणमा रहेकाे छ । अन्तिम चरणमा पुगेका ६ खाेपमध्ये अाधा खाेप चीनकाे नै रहेकाे छ ।

चीनमा काेराेना भाइरस संक्रमण सफलतापूर्वक नियन्त्रण गरिएकाे छ । खाेपकाे सफल परीक्षणकाे लागि चीनले उच्च जाेखिम भएका देस तथा स्थान खाेजिरहेकाे छ ।

“सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्,” हङ्‍कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए।

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्।

न्याश्नल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन्।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।

“डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन,” प्राध्यापक काउलिङले भने।

उनको विचारका सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिन्छ।



६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता