शुकराम महर्जनको ‘सर्वार्थसिद्ध’ विमोचित

शुकराम महर्जनको ‘सर्वार्थसिद्ध’ विमोचित

मेट्रो संवाददाता

१२ वैशाख २०७८ १८:४७


काठमाडौं, वैशाख १२ / नेपालभाषाको गीति नाटक ‘सर्वार्थसिद्ध’ विमोचन भएकाे छ । बागमती प्रदेशका सभासद् पुकार महर्जनले उक्त गीति नाटक विमोचन गरेका हुन् । विमाेचित कृतिमा कीर्तिपुर पांगाका साहित्यकार स्व. शुकराम महर्जनकाे रचना रहेकाे छ ।

प्रमुख अतिथि महर्जनले शुकराम महर्जनले नेपालभाषाको साहित्य र संगीतमा अतुलनीय योगदान दिनु भएको स्मरण गर्दै पांगाको भुजिन्द टोलमा स्थापित पवित्र कुटी विहारलाई सुधार गर्न आवश्यक रहेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।

शुकराम महर्जनद्वारा रचित ‘सवार्थसिद्ध’ गिती नाटकको यो दोश्रो संस्करण प्रकाशनमा ल्याइएको हो । पवित्र कुटी विहारले प्रकाशन गरेको दोश्रो संस्करण विमोचन समारोहका सभापति रामदेवी महर्जनले बुबाको कृति प्रकाशनलाई निरन्तरता दिने बताए ।

उनले अब चाँडै नै ‘छ्यलागु लँ ज्यली’ पुस्तक प्रकाशनको तयारीमा रहेको बताउँदै बुबाको कृतिहरुलाई क्रमशः प्रकाशन गर्दै जाने बताए । उनले ‘सर्वार्थसिद्ध’ पुस्तक प्रकाशनको तयारीकै क्रममा तीन महिना अगाडि भाई प्रकाशको निधनले आफूहरुलाई अत्यन्त चोट परेको पनि बताए ।

कार्यक्रममा लोककवि राजभाइ जकःमिले शुकराम महर्जनको व्यक्तित्व, कृतित्व तथा सर्वार्थसिद्ध पुस्तकको बारेमा प्रकाश पारेका थिए । उनले शुकराम महर्जनकै नेतृत्वमा पांगामा जनचेतना अभिवृद्धिका लागि पवित्र कुटी विहार स्थापना भएको र विहारलाई निरन्तर सञ्चालनमा ल्याउनका लागि ६ जना महिलाहरुलाई ज्ञानमाला भजन सिकाएर ज्ञानमाला न्ह्यइपु खलः स्थापना गरेको पनि स्मरण गरे ।

कार्यक्रममा लोककवि जकःमिको रचना र संगीतकार रिता महर्जनको संगीत रहेको ‘झी गुरु खः शुकराम महर्जन’ विहारका उपासक उपासिकाहरुले गाएर सुनाएका थिए ।

सोही कार्यक्रममा शुकराम महर्जनले भजन सिकाएका ६ जना महिलाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सिलमाया महर्जन, राममाया महर्जन नमख्वाः, राममाया महर्जन नगाउँ, बेखामाया महर्जन, नानी महर्जन र पार्वती महर्जन रहेका छन् ।

विमोचन पूर्व भिक्षु तिस्स महास्थविर र मुनिरत्न महास्थविरको उपस्थितिमा बुद्धपूजा सम्पन्न गरिएको थियो । पवित्र कुटी विहारमा हरेक शुक्लपक्षको एकादशीका दिन बुद्धपूजा गरिँदै आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता