नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा

नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा

मेट्रो संवाददाता

१३ वैशाख २०७८ १८:३०

काठमाडाैं, वैशाख १३ / मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ ।

समापन समाराेहका प्रमुख अतिथि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

नेतृत्व विकास तालिमको एक हप्ताको  अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको उपमेयर खड्गी श्रेष्ठले बताए ।

महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताए । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उपमेयर खड्गी श्रेष्ठकाे भनाइ थियो ।

प्रतिष्ठानकी अध्यक्ष एवं कार्यक्रमका सभापति गंगालक्ष्मी अवालले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा योगदान गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले गम्भीरता पूर्वक विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताए । नेतृत्व विकास तालिमको सिकाई उपलब्धिले खुशी लागेको उनले भने ।

कार्यक्रम प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता एवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताए । कक्षाका प्रत्येक अभ्यासमा जिउज्यानले मेहेनत गर्ने यो अनुभव परम्पराकै रुपमा विकास होस् भन्नुहुँदै मौका आउँदा उपयोग गर्न आग्रह गर्नुभयो साथै आवश्यकता पर्दा सँधै साथमा उभिने प्रतिवद्धता ब्यक्त गरे ।

तालिम कार्यक्रमका संयोजक आनन्दरत्न बज्राचार्यले महिलाहरु नेतृत्वमा रहेको हेर्ने समाजको चाहना रहेपनि अग्रसर नहुने महिलाहरुमा उत्साह जागोस् भन्ने उद्देश्यले तालिम आयोजना भएको बताए । अर्कोतर्फ अग्रसर हुने अठोट र क्षमता भइकन पनि अवसर र प्रोत्साहनको कमीले महिलाहरु नेतृत्वमा पुग्ने यात्रा कमजोर हुने गरेको उनले भने ।

समापन कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्य, तालिम संयोजक आनन्दरत्न बज्राचार्य तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरु सबैको हस्ताक्षर रहेको ‘धन्यवाद पत्र’ प्रमुख अतिथि हरिप्रभा खड्गी श्रेष्ठ तथा आयोजक मंगलादेवी प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवाललाई प्रदान गरिएको थियो ।

प्रशिक्षार्थी प्रविणा श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य प्रशिक्षार्थी एवं लोकप्रिय गायिका सरीता शाहीले राखेकी थिइन् । काठमाडौं महानगरपालिकाको सहयोगमा जन चिकित्सालय न्ह्योखाको हलमा भएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रशिक्षार्थी एवं कलाकारहरु अगिना तण्डुकार, सविना मानन्धर, सरीता शाहीले गीत समेत प्रस्तुत गरेका थिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता