मेट्रो संवाददाता
२३ जेठ २०७८ १५:४३
काठमाडाैं, जेठ २३ ।
छिमेकी चीनमा रहेको विश्वकै दोस्रो ठूलो बैहितान जलाशय आयोजनाको काम सोमबार सकिएको छ । आयोजनाबाट आउँदो जुलाई १ अर्थात असार १७ गतेदेखि बिजुली उत्पादन हुने भएको छ ।
असार १७ गते आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन हुने चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले अनलाई संस्करणमा जनाएको छ । जुलाई १ देखि आयोजनाको पहिलो युनिटबाट १ हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।

सन् २०२२ भित्र आयोजनाबाट १६ हजार मेगावाट अर्थात १६ गिगावाट बिजुली उत्पादन हुने सीजीटीएनले जनाएको छ । यो विद्युतगृह चीनको थ्री गर्जेजभन्दा सानो हो ।
थ्री गर्जेजको जडित क्षमता २२ हजार ५०० मेगावाट अर्थात २२.५ गिगावाट छ । यो विश्वको दोस्रो ठूलो बाँध परियोजना हो ।बैहितान जलाशयको कुल भण्डारण क्षमता २० अर्ब ७२ करोड ७० लाख घन मिटर छ ।

यो बाँध परियोजना जिन्सा रिभर चुनयुनआन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको छ । आयोजनाको निर्माण २०१७ देखि सुरु भएको हो । आयोजनाबाट वार्षिक ६० अर्ब २४ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

आयोजनामा १००० मेगावाटको क्षमताका १६ वटा टर्वाइन हुने छन् । बाँधको उचाइ २७७ मिटर अग्लो छ । बैहितान बाँध चीनको दक्षिण पश्चिममा सिचुआन र युन्नान प्रान्तहरूमा यांग्त्जी नदीको माथिल्लो भागको जिन्सा नदीमा निर्माणाधीन एक ठूलो जलविद्युत बाँध हो । आयोजनामा डबल कर्भेट आर्च बाँधको निर्माण गरिएको छ ।

आयोजना जिन्सा रिभर चुनयुनआन र चाइना थ्री गर्जेज कर्पोरेसनको ७० प्रतिशत हिस्सा छ । यसैगरी सिचुवान इन्भेस्टमेन्ट ग्रुपको १५ र युनान इन्भेस्टमेन्ट ग्रुपको १५ प्रतिशत लगानी रहेको छ ।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


