मेट्रो संवाददाता
२३ जेठ २०७८ १५:५४
काठमाडाैं, जेठ २३ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको पहलमा विधालयको विभिन्न तहमा अध्ययन गर्ने बालबालिकाका ४५ विपन्न परिवारलाई खाधान्न सहयोग उपलब्ध गराएका छन्।
वितरण गरिएको राहत सहयोगमा प्रति परिवार १ बोरा जिरा मसिनो चामल, २ किलो दाल, १ लिटर सनफ्लावर तेल, १ पोका नुन वितरण गरिएको थियो। विधालयका ४५ अभिभावक अतिरिक्त अन्य ५ अति विपन्न परिवारलाई समेत सहयोग गरेको घिमिरेले सेतोपेजलाई बताए।

विधालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तरको लागि अहोरात्र खटेका घिमिरेले यसअघि पनि सोहि विधालयका विभिन्न तहमा अध्ययनरत करिब ६०० बालबालिकाहरुलाई विगत ५ वर्षदेखि पोशाक, स्टेशनरी, नि:शुल्क अतिरिक्त कक्षा संचालन र नि: शुल्क आधारभूत तथा एडभान्स कम्प्युटर कोर्ष तथा विभिन्न किसिमको सहयोग गर्दै आएको एक शिक्षकले बताए।

त्यतिमात्र होईन विधालयको सुविधा सम्पन्न चमेनागृह निर्माणको लागि समेत उनले आफू आवद्द रोटरी क्लब अफ पशुपतिका सदस्यहरुको व्यक्तिगत सहयोगमा अत्याधुनिक क्यान्टिन फर्निचर समेत उपलब्ध गराएका छन्। जसको लागि उनले व्यक्तिगत तर्फबाट रु. ५०,००० समेत सहयोग गरेको देखिन्छ।
विधालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएर आएपछि घिमिरेले शिक्षकहरुको आउनेजाने समय मात्र होईन। विधालयमा हाजिर गरेर आफ्नो निजि विधालय संचालन गर्ने शिक्षकहरु काम गर्न नसकी विधालय छोड्न थालेको बुझिएको छ। घिमिरेको आगमन पछि विधालयमा शैक्षिक गुणस्तर बढ्न थालेपछि छेउछाउका निजि विधालयका संचालकहरु घिमिरे विरुद्द अनेकौ अफवाह फैलाउन थालेका छन्।
विधालय गएर हाजिरी गर्ने अनि नपढाई घाम तापेर बस्ने शिक्षकहरु मात्र होईन। घण्टी लागेको धेरै समयपछि कक्षामा जाने र छिट्टै निस्कने शिक्षकहरु समेत घिमिरेको विरुद्दमा लागेका छन्। शिक्षक संघ र संगठनको नाममा विधार्थीहरु पढाउने भन्दा राजनीति गर्नेहरु समेत अहिले सामाजिक संजालमा उनको विरुद्दमा लागेका देखिन्छन।
विधालयमा १२ घण्टा भन्दा बढी समय विभिन्न शैक्षिक तथा भौतिक पूर्वाधारको काम गर्दा समेत घिमिरेले क्यान्टिनमा आफ्नै खाता संचालन गरी आफैँ पैसा तिर्ने गरेको क्यान्टिन संचालकले बताएकी छिन। नेपालका हरेक सामुदायिक विधालयहरुमा घिमिरे जस्ता अध्यक्ष हुने हो भने सामुदायिक विधालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा क्रान्ति नै आउने देखिन्छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


