मेट्रो संवाददाता
२८ जेठ २०७८ ९:००
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गरेका छन् ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो ।
उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो । साथै सो हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते पनि भएका छन् ।
उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ ।
यहाँ प्रायः तालिबानीहरुले सडकमा विस्फोटक पदार्थ बिच्छाउने गरेकाले त्यसका विरुद्धमा नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्ति विरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गर्नुभएको हो ।
उनले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गरेका छन् ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


