निषेधाज्ञाको समय १७ जिल्लामा थप

निषेधाज्ञाको समय १७ जिल्लामा थप

मेट्रो संवाददाता

१ असार २०७८ १९:५३

काठमाडौँ, असार १

कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।


थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको मोडालिटीमा अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताउनुभयो । केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ । अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।


दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ । धेरैजसो जिल्लामा कोरोना सङ्क्रमणको जोखिम घटेको छैन । उच्च ज्वरो, श्वासप्रश्वासलगायत स्वास्थ्यमा समस्या देखिएका बिरामी मात्र पीसीआर परीक्षणका लागि अस्पताल आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार घरदैलोसम्म पुगेर कसैको परीक्षण गरिएको छैन ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता