निषेधाज्ञा भएका बेला वनक्षेत्रमा तस्कर गतिविधि बढे

निषेधाज्ञा भएका बेला वनक्षेत्रमा तस्कर गतिविधि बढे

मेट्रो संवाददाता

४ असार २०७८ ०:०५

काठमाडाैं, असार ३ । निषेधाज्ञाले सबैतिर आवागमन बन्द भएका बेला वनक्षेत्रमा भने तस्कर गतिविधि बढेको छ ।

निषेधाज्ञामा तस्करले वनक्षेत्रभित्रै काठ चिरान गरिरहेका सूचनाका आधारमा बुधबार कार्यालयले सुरक्षा टिमसहित गरेको तलासीमा डिभिजन वन कार्यालय महोत्तरीले काठ बरामद गरेकाे छ ।

डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ।

जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साखुका काठ बरामद गरेको हो।

बरामद चिरान गरिएका काठ वनमै चिरेर घना झ्याङभित्र सेउलाले छोपेर राखेको अवस्थामा फेला परेको हो।

यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो। बरामद काठको नाप परिमाण ५२ क्यूफिट (घनफिट) रहेको टोलीमा संलग्न सहायक वन अधिकृत मनोजकुमार ठाकुरले जानकारी दिए।

बरामद काठ लक्ष्मीनियाँस्थित सवडिभिजन वन कार्यालयमा राखी थप अनुसन्धान बढाइएको डिभिजन प्रमुख विनोदकुमार सिंहले जानकारी दिए।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता