मेट्रो संवाददाता
४ असार २०७८ ९:१९
एजेन्सी । प्रजातन्त्रको समर्थक मानिने हङ्गकङ्गको एक पत्रिकाका प्रमुख सम्पादक तथा चार कार्यकारीहरुलाई पक्राउ गरिएको छ । एप्पल डेली नामक पत्रिकाले राष्ट्रिय सुरक्षा सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ ।
बेइजिङले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेकाे बताइएकाे छ। प्रहरीले प्रधान सम्पादक लसहित अन्य पाँचजना पत्रकारलाई नियन्त्रणमा लिएको एप्पल डेलीले जनाएकाे छ।

बेइजिङ्गको आलोचक मानिने पत्रिकाको भवनका सबै प्रवेशद्धारहरु बन्द गरी उनीहरुलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । पक्राउ गरिएको घटनाको पत्रिकाको फेसबुकबाट लाइभ गरीएको थियो । त्यसक्रममा पत्रिका कार्यालयमा छापा मार्नुका साथै पत्रकारिता सम्बन्धी सुचना सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेइजिङले देशद्रोह र पृथकतावादी गतिविधि तथा विदेशीहरूसँग मिलेर चिनियाँ विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गर्न आदेश दिएकाे हो। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि स्थानीयवासी महिनाैँदेखि त्रसित छन्।
डेलीले चिनियाँ नीतिप्रति आलोचना गरेकै कारण प्रधान सम्पाद ल, प्रमुख कार्यकारी अधिकृत चिउङ किम हुङ, चो ताट् किउङ, सहसम्पादक चान पुइमेन र प्रमुख कार्यकारी सम्पादकलाई समाचार कक्षबाटै पक्राउ परेका हुन्।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


