ओलम्पिक डे मनाइयो

ओलम्पिक डे मनाइयो

मेट्रो संवाददाता

५ असार २०७८ १५:२६

काठमाडौं, असार ५ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटो स्थिति मुख्यालयमा विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाएका छन्।

नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनमा शनिबार ओलम्पिक डे २०२१ मनाएको हाे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री माननीय एकबाल मियाँले नेपालको भण्डा र कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरेका छन् ।

मन्त्री माननीय मियाँ र अध्यक्ष माननीय श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस खेल पछि कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्त्वबारे प्रकाश पारे ।

अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताए ।

नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको मन्त्री मियाँले बताए।

कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ कार्यक्रम पनि गर्नेछन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता