४ वटा नगरपालिकामा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि माग

४ वटा नगरपालिकामा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि माग

मेट्रो संवाददाता

५ असार २०७८ १९:०४

काठमाडाैं, असार ५ । नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार स्थानीय सरकाले स्थानीय निश्चित भूगोललाई सांस्कृतिक संरक्षिति क्षेत्र घोषणा गर्न सकिने व्यवस्था अनुसार नेवाः आदिवासीहरुको संस्कृतिक संरक्षणका लागि माग गर्दै असार ४ गते एकै दिनमा चार वटा नगरपालिकामा माग पत्र पेश गरेका छन् ।

काभ्रे जिल्लाको पनौति नगरपालिका, मकवानपुर जिल्लाको थाहा नगरपालिका र काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिकाका आदिवासी नेवाः समुदायले आ आफ्नो क्षेत्रलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि आवश्यक नीति निर्माण गर्न आउदो नगरसभामा पास गर्न माग गर्दै ज्ञापन पत्र दिएका हुन । त्यसै गरि कीर्तिपुर नगरपालिकामा भने कार्यदलले नगरपालिकालाई बुझाएको सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् । हलिं नेवाः गुथि पलाँती कचा, हलिं नेवाः गुथि पलाँती मिसा कचा, हलिं नेवाः गुथि ज्यालीतिचि पलाँती कचा र नसंचा पुचःले संयुक्त रुपमा सो पत्र दिएका हुन् ।

ती संगठनहरुले स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा पठन पाठनको व्यवस्था गर्न साथै स्थानीय ठाउँहरुलाई पुरानै नाम राख्न समेत माग गरेका छन् । त्यसै गरि मकवानपुर जिल्लाको ऐतिहासिक नेवाः वस्तीहरु तिस्तुङ अर्थात तेतु, पालुङ अर्थात पनु, चित्लाङ अर्थात लिं, वःखः, सिग्वाः शिखरकोट, कन्चा, दयाःला गां, कुन्छाल, कुगां अर्थात कुलगाउँलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका हुन । आउदो नगरसभावाट पारित गर्न माग गर्दै दिएको सो पत्रमा स्थानयि पाठ्यक्रम स्थानीय भाषामा पठन पाठनको व्यवस्था गर्नुपर्ने, स्थानीय नामलाई पुरानै नाम राख्नुपर्ने समेत माग गरेका हुन ।

उक्त पत्र हलिं नेवाः गुथिका केन्द्रीय उपाध्यक्ष विनोद महर्जनले मेयरलाई हस्तान्तरण गर्नु भएको थियो । सो पत्रमा हलिं नेवाः गुथि कन्छालका निराजन गोपाली, हलिं नेवाः गुथि चित्लाङ तःख्यः कचा नायो मंगललाल गोपाली, तिस्तुङ कचाया नायो नरहरी गोपाली, पनु कचा नायो निरंजन श्रेष्ठ, वःखः कचाया नायो अन्जन प्रधान, घनस्याम अमात्य ,विश्वमान श्रेष्ठ राजभाई श्रेष्ठ नेत्रमान प्रधान केन्द्रीय पार्षद लगाएतले हस्ताक्षर गर्नु भएको थियो । 

त्यसैगरि काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिकाका हलिं नेवाः गुथिका विभिन्न शाखाहरु, स्थानीय संघ संस्थादेखि विभिन्न ब्यक्तित्वहरुले हस्ताक्षर गरि ऐतिहासिक नेवाः वस्ती साँखुलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि माग सहितको पत्र बुझाएको छ । मेयरलाई आउदो नगर सभावाट पास गर्न र कार्यान्वयनमा ल्याउन समेत माग गरेको सो पत्रमा स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा पठन पाठनको व्यवस्था गर्न साथै विभिन्न स्थानको नाम पुरानै राख्नका लागि समेत माग गरेको छ ।

आफूहरुले उठाएका मागलाई सम्वनोधन यहि नगरसभााले गर्न समेत माग गरेको छ । यसैवीच कीर्तिपुरमा पनि हलिं नेवाः गुथि, नेवाः देय् दबू, आदिवासी नेवाः जागरण अभियान, नेवाः विद्यार्थी युनियन, हलिं नेवाः गुथि किपू, गःछेँ, अमल्सी कचाले संयुक्त रुपमा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा तयारी समितिले दिएको प्रतिवेदन र प्रस्तावित ऐनको आधारमा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्न माग गरेको छ 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता