युरो कपमा जर्मनीसँग पराजित भयो पोर्चुगल, ४ गाेल भने पार्चुगलले गरे

युरो कपमा जर्मनीसँग पराजित भयो पोर्चुगल, ४ गाेल भने पार्चुगलले गरे

मेट्रो संवाददाता

६ असार २०७८ १४:२६

काठमाडाैं, असार ६ । शनिबार राती भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेकाे छ। 

युरोकप फुटबल २०२० समूह ए अन्तर्गत भएकाे खेलमा जर्मनी जितेकाे भएतापनी ४ गाेल भने पार्चुगलले गरे ।

जर्मनीको म्युनिखमा भएको खेलमा जर्मनीका लागि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गरी जम्मा दुइ गाेल गरेका थिए । जर्मनीकाे लागि बाँकी दुइ गाेल पोर्चुगलका रुबेन डियासले ३५ र राफायल गुएर्रोले ३९ औँ मिनेटमाआत्मघाती गोल गरेका थिए।

खेलमा सुरुवातीमा कप्तान राेनाल्डाेले खेलकाे १५ औं मिनेटमा पहिलाे गाेल गर्दै साविक विजेता पाेर्चुगललाइ अग्रता दिलाएका थिए ।

खेलकाे ३५ औं मिनेटमा पाेर्चुगलका रूबिन डियासले एक गाेल गरे, आफ्नै पाेस्टमा । यसकाे ४ मिनेटपछि फेरी पोर्चुगिज डिफेन्डर गुरेइरोले बल क्लियर गर्न खाेज्दा आफ्नै पाेस्टमा गाेल गरे ।

जर्मनीकाे लागि भने हाभार्ज्टले ५१ र गोसेन्सले ६० औँ मिनेटमा  गोल गर्दै टोलीको जित आधार बलियो बनाएका थिए।

पोर्चुगलले अन्तिम पटक सन् २००० को युरोकपमा जर्मनीलाई हराएको थियो । २१ वर्षअघि ३-० ले हराएयताका चार खेलमा भने जर्मनीले पोर्चुगललाई स्तब्ध बनाएको छ । यि दुई टोलीले पछिल्लो पटक २०१४ को विश्वकपमा प्रतिस्पर्धा जर्मनीले ४-० को सानदार जित निकालेको थियो ।

विश्वकप २००६, युरोकप २००८ र २०१२ साथै विश्वकप २०१४ मा जर्मनीले पोर्चुगलविरुद्ध जित निकालेको छ । शनिबार राती भएको खेल पोर्चुगल र जर्मनी युरोकपमा पाँचौ पटक भिडेका हाे ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता