भारतको सिलिगुडी–नेपालको चारआली क्रसबोर्डर पेट्रोलियम पाइपलाइन चाँडै

भारतको सिलिगुडी–नेपालको चारआली क्रसबोर्डर पेट्रोलियम पाइपलाइन चाँडै

मेट्रो संवाददाता

८ असार २०७८ २०:४७

काठमाडाैं, असार ८। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) चाँडै नै सुरू हुने बताए ।

झापामा मन्त्री यादवले पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको निरीक्षण गर्दै याे गाैरवकाे आयोजनाकाे प्रारम्भिक सर्भे कार्य सकिएको बताए ।

‘असोजदेखि सिलिगुढीको डिपोबाट निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जीटुजीमार्फत हुने गरी भारतसँग समन्वय गर्दैछौं।’, उनले भने ।

पाइप लाइनबाट चारआलीको भण्डारण गृहसम्म पेट्रोलियम पदार्थ आएपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने मन्त्री यादवको दाबी छ।

झापामा निर्माण गर्न लागिएको भण्डारण गृहले प्रदेश १ मा ९० दिनसम्म पेट्रोलियम पदार्थ धान्ने क्षमता राख्ने आयल निगमले जनाएको छ।

परियोजना निर्माणका लागि भारतीय मूल्य रु ७ अर्ब २ करोड लागत लाग्ने बताइएको छ। मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमिनमा भण्डारण गृह निर्माण गरिनेछ।

-अन्नपूर्णपाेस्ट 

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता