ओलम्पिक्समा पदक लक्ष्य हुनु पर्छ : उपराष्ट्रपति पुन

ओलम्पिक्समा पदक लक्ष्य हुनु पर्छ : उपराष्ट्रपति पुन

मेट्रो संवाददाता

९ असार २०७८ १६:३८

काठमाडौं, असार ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले ओलम्पिक्समा नेपालले पदक जित्ने लक्ष्य लिनु पर्ने बताउँदै त्यसका लागि नेपाली खेलकुद क्षेत्रले त्यसै अनुसारको योजना बनाउन आवश्यक परेको बताएका छन।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार आयोजित ओलम्पिक डे २०२१ को मुख्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पराष्ट्रपति पुनले ओलम्पिक्समा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा हुनु पर्ने पनि बताएका छन।

कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका झण्डा झण्डोत्तोलन पनि गर्नु भएको थियो । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि भण्डोत्तोलन गरेका थिए । ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरेका थिए ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको आयोजनामा स्पोर्टस फर अल कमिसनको संयोजन भएको हो । कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने बताए।

उनले, ‘कोरोना महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा सबै सुरक्षित, स्वस्थ्य र सचेत रहोस भन्ने हो ।’ कार्यक्रमको अवसरमा उपराष्ट्रपति पुनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका संघ तथा ओलम्पिक डे २०२१ मा उत्कृष्ट योगदान दिने संघलाई कदरपत्र पनि प्रदान गरेका थिए। काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलमा स्वर्ण जितेको थियो ।

कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु हुँदै नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रम कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले संचालन गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका उपाध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरू साथै विभिन्न राष्ट्रिय खेल संघका अध्यक्ष तथा पदाधिकारी, ओलम्पियन्स, सेना, प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधिको पनि उपस्थिति थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता