मेट्रो संवाददाता
९ असार २०७८ १०:०३
काठमाडौं, असार ९ । सार्वजनिक यातायात क्षेत्रका तीनवटै मजदुर संगठनले मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई भेटी सार्वजनिक यातायातमा कार्यरत मजदुरलाई तुरुन्तै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।
तीनवटै संगठनका अध्यक्ष उपस्थित भएर कोभिड १९ ले यातायात क्षेत्र अत्यन्तै प्रभावित भएको भन्दै तुरुन्तै खोप उपलब्ध गराएर मजदुरको ज्यान जोगाउन अपिल गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले संयुक्त रुपमा मन्त्री नेम्बाङलाई भेटेर सातबुँदे माग प्रस्तुत गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात श्रमिक कोभिड १९ को उच्च जोखिममा रहेकाले तत्कालै खोप उपलब्ध गराउन माग गरेको बताए । ‘यातायात श्रमिकले अहिलेसम्म कोभिडको खोप पाएका छैनन,’ उनले भने, ‘कोभिडबाट श्रमिकहरू सुरक्षित भएमात्रै सर्वसाधारण सुरक्षित हुने भएकाले निषेधाज्ञा अवधिभित्रै सबै श्रमिकलाई खोपको व्यवस्था गर्न माग गरेका छौं ।’
तीनवटै संगठनले कोभिड १९ ले सार्वजनिक यातायातका श्रमिक अत्यन्तै मारमा परेको भन्दै तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन पनि माग गरेका छन् ।
‘निषेधाज्ञालाई अब थेग्न सक्ने अवस्था छैन । त्यसैले तत्काल खोपको व्यवस्था गरेर स्वास्थ्य मापदण्ड निर्माण र सार्वजनिक यातायात सञ्चालन गर्न अनुरोध गरेका छन्,’ अध्यक्ष राईले भने, ‘कोभिड १९ बाट ज्यान गुमाएका श्रमिकका आश्रित परिवारलाई राहत र तिनका सन्तानलाई शिक्षा र स्वास्थ्यको लागि मन्त्रालयबाट स्थायी कोष स्थापना गर्न अनुरोध गरेका छौं ।’
तीनवटै संगठनले दीर्घकालीन रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुरक्षा स्वास्थ्य, सार्वजनिक सवारी साधनको बैज्ञानिक भाडादर समायोजन, सार्वजनिक सवारीको आयु र यातायात प्राधिकरण गठनसम्बन्धी विषयमा पनि सम्बोधन गर्न अनुरोध गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


