लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै वाग्मती प्रदेश सरकार

लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै वाग्मती प्रदेश सरकार

मेट्रो संवाददाता

१० असार २०७८ १६:४३

मकवानपुर, असार १०। वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुङ्गे धारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनः निर्माणको काममा तीव्रता दिएको हो ।

राससका अनुसार भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचीन सम्पदाहरूलाई मौलिकताका आधारमा पुनः निर्माणको काममा तीव्रता दिएको बताए ।

उनले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई वटा, वडा नम्बर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ वटा ढुङ्गे धाराको पुनः निर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिए ।

मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शङ्खरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक÷एक वटा गरी ३ वटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा वनस्पतिको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण तथा बर्खे पानीको थोपा सङ्कलन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य भइरहेको छ भन्नुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता