तिब्बतमा पहिलोपल्ट चल्यो बुलेट ट्रेन

तिब्बतमा पहिलोपल्ट चल्यो बुलेट ट्रेन

मेट्रो संवाददाता

११ असार २०७८ २२:४५

काठमाडौं, ११ असार । चीनले तिब्बतमा पहिलो पटक शुक्रबारबाट बुलेट ट्रेन शुरु गरेको छ ।शुक्रबार चीनले तिब्बतकाे सुदूर हिमाली क्षेत्रमा पहिलाेपटक बिजुलिबाट चल्ने बुलेट ट्रेनकाे सुरूवात गरेकाे छ ।

यो ट्रेन तिब्बतको राजधानी ल्हासा र चेंग्दुबीच शुरु भएको हो । भारतको अरुणाञ्चल प्रदेशको सीमा नजिकै नियंगची सहर हुँदै जाने यसको रुट ४३५ दशमलब ५ किलोमिटर लामो रहेको छ ।

यो रेल सेवा सिचुवान–तिब्बत रेलवेको मातहतमा रहेको बताइएको छ । तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार पहिलो पटक बिजुलीबाट सञ्चालित बुलेट ट्रेनको शुरुवात गरेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

गत नोभेम्वरमा चीनका राष्ट्रपति शी जिनपिङ्गले तिब्बतमा नयाँ रेल परियोजनासम्बन्धी निर्देशन दिएका थिए । सिचुवान–तिब्बत रेलवे चेंग्दुबाट शुरु भएर तिब्बतमा टुगिंने बताइएको छ । यसले ल्हासा र चेंग्दुबीचको यात्रा ४८ घण्टा बाट घटेर १३ घण्टामा छोटिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता