लेडिज एन्ड जेन्टलमेन ! हामीले तलब पाएका छैनौं

लेडिज एन्ड जेन्टलमेन ! हामीले तलब पाएका छैनौं

मेट्रो संवाददाता

१२ असार २०७८ १:२३

एजेन्सी । जाम्बियाको केबिएन टिलिभिजनका समाचार वाचकले लाइभ समाचार पढ्दा/पढ्दै आफूहरूले तलब नपाएको बताएपछि अहिले उनको चर्चा भइरहेको छ।

गत शनिबारको समाचार बुलेटिनान प्रस्तोता कविन्दा कालिमिनाले लाइभ समाचार पढिरहेको बेलामा आफूसहित अन्य सहकर्मीहरूले तलब नपाएको र आफूहरू पनि मानव नै भएको र तलब पाउनुपर्ने भनेका हुन् ।

क्यामेरातिर हेर्दै समाचार पढिरहेका प्रस्तोता कालिमिनाले एक्कासी रोकिन्छन् र भन्छन्,’समाचार बाहेक, लेडिज एन्ड जेन्टलम्यान, हामी पनि मानव हौं । र हामीले पनि तलब पाउनुपर्छ ।’ ‘दुर्भाग्यवश, केबिएनमा हामीलाई तलब दिइएको छैन… श्यारोन र मलगायत अरू सबैलाई तलब दिइएको छैन । हामीले तलब पाउनुपर्छ ।’

त्यसपछि स्टेशनले लाइभ काटिदिएको थियो । त्यसरी लाइभ आएपछि केबिएन टीभीले कालिमिनाले गरेको व्यवहारलाई रातारात ख्याति कमाउने स्टन्ट भनेको छ । साथै, प्रस्तोता कालिमिनाले रक्सी खाएर लाइभ गएको आरोप लगाएको छ ।

उनले उक्त भिडिओ आफ्नो फेसबुक पेजमा लेखेर भनेका छन्, ‘हो, मैले लाइभ टेलिभिजनमा त्यस्तो गरें किनकी धेरैजसो पत्रकारहरू बोल्न डराउँछन् भन्नुको अर्थ यो होइन की पत्रकारहरूले बोल्नुहुन्न।’

आफूलाई प्रतिरक्षा गर्दै केबिएन टिभीका प्रमुख कार्यकारी केन्नेडी म्यामबीले विज्ञप्ति जारी गर्दै कालिमिनाले रक्सी खाएर गरिएको व्यवहार भनेका छन् । ‘भर्खरको टेलिभिजन स्टेशन हुनुको नाताले हामी धेरै प्रतिभाशाली र व्यावसायिक टिमसँग महान् चरित्रका साथ काम गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता