मेट्रो संवाददाता
१७ असार २०७८ १७:०३
काठमाडाैं, १७ असार २०७८।
चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको उपलक्ष्य भव्य समारोह आयोजना गरिएको छ
समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्षमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी गरिएकाे हाे । पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका थिए ।
चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको छ । समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै बताए । चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको उनले बताए ।
‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन् । समाजवादले मात्र चीनलाई जोगाउन सक्छ,’ उनले भने ।
सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए । ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो,’ उनलेभ ने
सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन् । त्यो भनेको चीनको जनसंख्याको ६.७ प्रतिशत हो ।






RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


