शुक्रबारदेखि लामो दुरीका गाडी चलाउने चेतावनी

शुक्रबारदेखि लामो दुरीका गाडी चलाउने चेतावनी

मेट्रो संवाददाता

१७ असार २०७८ १०:०७


काठमाडौं, १७ असार २०७८ ।

यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । 
सरकारले अनुमति नदिए पनि व्यवसायीले शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

नागरिक दैनिकअनुसार असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएकोमा व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत असार १४ गते गरेको २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोरबिजोरका आधारमा चल्न दिने गरी गरेको अव्यवहारिक निर्णय सच्याउन माग गर्दै आइरहेको बताए ।

राताेपाटी अनलाइनका अनुसार काठमाडौंको चक्रपथ रुटका बस चालक जगत रानामगर सरकारले जोर–बिजोरका आधारमा बस चलाउन खुला गरे पनि यात्रु संख्या थोरै भएका कारण समस्या परेको बताउँछन् । सरकारले भाडादर पुनरावलोकन गर्नुपर्ने उनले बताए । पर्याप्त यात्रु नभएकाे र बस भाडादर पुरानै भएकाे कारण गाडीमा हाल्ने तेल खर्चसमेत उठाउन मुस्किल परेकाे बस व्यवसायीहरूकाे भनाइ छ ।

यातायात व्यवसायीले सार्वजनिक यातायात पूर्ण सञ्चालन, यातायातमा वैज्ञानिक भाडादर कायम गर्न तथा कोरोनाबाट ज्यान गुमाएका श्रमिक परिवारलाई राहत र संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ भन्ने माग सहितको आन्दोलन जारी नै रहने महासंघले जनायो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता