पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत

पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत

मेट्रो संवाददाता

१ कार्तिक २०८२ १०:३०

विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले परियोजनाको उद्घाटन गरेका थिए ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ वर्षमा साढे छ अर्ब लिटरभन्दा बढी इन्धन आयात भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइनबाट हालसम्म ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ आएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालयले जनाएको छ ।

पाइपलाइनमार्फत ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले परियोजनाको उद्घाटन गरेका थिए ।

पाइपलाइनले नेपालका करिब ७० प्रतिशत इन्धन माग पूरा गरिरहेको छ । अमलेखगञ्ज डिपोबाट काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा, जनकपुरलगायतका सहरमा आपूर्ति हुँदै आएको छ । यस डिपोमा हाल ९४ हजार किलोलिटर इन्धन भण्डारण गर्न सकिन्छ ।

पाइपलाइन सञ्चालनपछि सडक मार्गमा ढुवानी जोखिम घट्नुका साथै वार्षिक करिब रु तीन अर्ब ढुवानी खर्च बचत भएको निगमले जनाएको छ । प्रमुख आचार्यका अनुसार इन्धन चोरी, मिसावट र वातावरणीय असर पनि न्यून भएको छ ।

अब अमलेखगञ्ज–लोथर विस्तार परियोजना सुरु गरिएको छ । करिब १४ अर्ब ९ करोड लागतमा ६२ किलोमिटर लामो पाइपलाइन र अत्याधुनिक ‘ग्रीन फिल्ड टर्मिनल’ निर्माण गरिँदैछ । सो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता