बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

मेट्रो संवाददाता

१९ असार २०७८ १:११

बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।

बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।यहाँ केही महिना अघिदेखि सङ्क्रमितहरु घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमितहरु बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता