जैशिदेवल युथ क्लबमा पुनः राजेश प्रजापति

जैशिदेवल युथ क्लबमा पुनः राजेश प्रजापति

मेट्रो संवाददाता

२१ असार २०७८ २१:५१

काठमाडौं, २० आषाढ २०७८ ।

खेलकूद र सामाजिक सेवामा गतिशील जैशिदेवल युथ क्लबको नेतृत्वमा पुनः राजेश प्रजापति निर्विरोध निर्वाचित भएको छ ।

हिजो भएको क्लबको निर्वाचनमा राजेन्द्र महर्जन उपाध्यक्षमा चन्द्रगोपाल प्रधान महासचिवमा, गिरीधर मान श्रेष्ठ कोषाध्यक्षमा तथा कार्यकारीणी सदस्यहरुमा प्रवेश बहादुर श्रेष्ठ, प्रविन कर्माचार्य, राजेन्द्र मानन्धर, भरत कारंजित, ज्ञानिक मान दिपकार र तिर्थ राई पनि निर्विरोध निर्वाचित भएका छन् ।

१८ औं कार्यसमितिको निर्वाचनका लागि क्लबका सल्लाहकार तथा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानको संयोजकत्व राजेश शर्मा र हरिश्वरमान रंजित सदस्य रहेको निर्वाचन समितिद्वारा निर्वाचनका कार्यक्रमहरु तय गरिएको थियो ।

भाउजु बुहारी समूहद्वारा निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको बधाई कार्यक्रममा नवः निर्वाचित अध्यक्ष राजेश प्रजापतिले निर्वाचन कमिटीलाई धन्यवाद दिंदै नव निर्वाचित पदाधिकारीहरु क्लबबाट भविष्यमा गरिने कार्यक्रममा हातेमालो गर्दै समाज सेवामा समर्पित हुन आग्रह गर्नु भयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता