कीर्तिपुरमा नेपालभाषाबाट पठन पाठनका लागि शिक्षक अभिमुखीकरण कार्यक्रम

कीर्तिपुरमा नेपालभाषाबाट पठन पाठनका लागि शिक्षक अभिमुखीकरण कार्यक्रम

मेट्रो संवाददाता

२३ असार २०७८ २२:४५

काठमाडाैं, २३ असार २०७८ ।

कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम नेपालभाषामा निर्माण गरि पठन पाठन यसै शौक्षिक बर्षवाट सुरु गर्नका लागि शिक्ष्क अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।

आज असार २३ गतेदेखि २७ गते सम्म सो अभिमुखिकरण कार्यक्रम हुने कीर्तिपुर नगरपालिकाले जनाएको छ । स्थामनीय पाठ्यक्रम पठन पाठन नेपालभाषामा पठन पाठनका लागि गरिएको सो कार्यक्रम कीर्तिपुर नगरपालिका शिक्षा समितिको आयोजनामा भएको हो ।

फोटो:ज्ञान कुमार महर्जन


२३ गते उद्घाटन भएको र विभिन्न विषयगत कक्षामा विभिन्न ब्यक्तित्वहरुले सहकर्ताको भूमिका निर्वाह गरेका थिए । सो अभिमुखि कार्यक्रममा २३ गते नेपालभाषा–बज्रमुनि बज्राचार्य, पठन पाठनको विधि–जीवन महर्जन, प्रत्येक दिन नेपालभाषाको कक्षा– बज्रमुनि बज्राचार्यले लिने समेत बताइएको छ ।

त्यसै गरि २४ गते भूगोल र जनसंख्या नारायण महर्जन र पूर्णमान महर्जन, संस्कृति, कला र सम्पदा प्रयागमान प्धान र जीवन महर्जन, २५ गते सामाजिक र आथर््िक जीवन नर सागर श्रेष्ठ, वातावरण र स्वसथ्य नन्द कुमारी महर्जन र सुरेन्द्र बज्राचार्य, शैक्षिक अवस्था डा. रामकृष्ण महर्जन र जुजुभाई महर्जन, २६ गते संघ संस्था र सञ्चार सुजिन्द्र महर्जन र श्रीकृष्ण महजृन, सिप र प्रविधि देवराज महर्जन, खेलकूद प्रदिप महर्जन र रामकृष्ण दुवाल, २७ गते कृषि र स्थानीय अन्वेषण प्रा. डा. धर्मराज डंगोल, पर्यटन प्रा. डा. धर्मराज डंगोल, शिक्षण विधि प्रा डा श्यामकृष्ण महजृन र एकीकृत शिक्षण विधि प. डा. शिवशरण महर्जनले कक्षा संचालन गर्नुहुने बताइएको छ ।

कीर्तिपुरका सामुदाइिक तथा संस्थागत विद्यालयका शिक्ष्कहरुलाइृ स्थानीय पाठ्यक्रम अभिमुखिकरण तालिम दिएको समेत नगरपालिकाले जनाएको छ । सो कार्यक्रममा किपू नगरपालिकाया आधाभूत तहया स्थानीय पाठ्यक्रम २०७७ पुस्तक विमोचन गरेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता