कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने ‘दीखु पुल’ उद्घाटन

कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने ‘दीखु पुल’ उद्घाटन

मेट्रो संवाददाता

२६ असार २०७८ १६:३४

काठमाडाैं, २६ असार २०७८ ।

शुक्रबार एक कार्यक्रमविच कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को उद्घाटन गरिएको छ । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले रिबन काटी उत्तः पुलको उद्घाटन गर्दै आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुल यस दीगु पुल प्रयोग हुने गरेको गरेको चर्चा गरेका थिए । 


मन्त्री श्रेष्ठले जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा यस पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको स्मरण सुनाएका थिए । 


२०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त नेम्वाङ्गले शिलान्यास गरेका सो पुल कोभिडको कारण ढिला भएको थियो । 


वाइवा र लामा कन्ष्ट्रक्सनले निर्माण भएको पुलको निर्माण काम सम्पन्न भएपनि पुलको अघि र पछिको बाटो अझै फिनिसिङ हुन बाँकी रहेकोले पुनः त्यस बाटोको लागि नेपाल सरकारले बजेट राखिदिएको मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रमका सभापति तथा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्नुहुँदै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताए ।


प्रमुख महर्जनले आन्तरिक कारणले त्यो पुल बनाउन नसकीरहेको अवस्थामा माननीय मन्त्रीद्वय कृष्ण गोपाल श्रेष्ठ र वसन्त नेम्वाङ्गको पहलमा र निर्माण व्यवसायीको लगनशीलतामा जिर्णअवस्थाको पुल पुनः निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिए । 


कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले स्वागत गर्नुभएको थियो भने कीर्तिपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जनले उपस्थित सम्पूर्णलाई धन्यवाद् दिनुभएको थियो । कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले सञ्चालन गरेका थिए । 


तस्वीर सौजन्यः ज्ञानकुमार महर्जन

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता