मेट्रो संवाददाता
३० असार २०७८ ९:४८
काठमाडाैं, २९ असार २०७८ ।
नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एकैपटक तिन ठाउमा प्रधानन्यायाधिस चोलेन्द्र समशेर जवराको पुत्ला जलाइएको छ ।
मंगलबार साँझ काठमाडौंका क्षेत्र नं. आठको स्वयम्भु, नौको कलंकी र दशको विष्णुदेवी मन्दिरमा राँके जुलुससहित प्रधानन्यायाधिस जवराको पुत्ला जलाईएको हो ।
विदेशीले घाँस देखाएको भरमा प्रधानन्यायाधिस जवराले वर्तमान व्यवस्थालाई ध्वस्त बनाई असंवैधानिक, निरंकुश, निर्दलीय कदम चाली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमाधेस जारी गरेसँगै संघ आन्दोलनमा उत्रिएको हो ।
तत्कालिन समयमा मुलुक र जनताको रक्षाको निम्ती संघका इन्चार्ज बस्नेतको नेतृत्वमा गठन गरिएको युथ फोर्सलाई आजदेखी नै व्युँताएको छ ।
सेटिङको भरमा सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेको आरोप लगाउँदै संघले दलाली, भ्रष्टाचारी, माफिया, राष्ट्रघाती, जनविरोधी प्रधानन्यायाधिस जवराको हर्कतलाई जनताले एक एक गरेर हिसाव किताव खोज्ने चेतावनी दिएको छ ।
मुलुकलाई अस्थिरताको बाटोमा लैजान खोज्ने तथा दोस्रो खिलराज बन्न खोज्ने चोलेन्द्रले सपना नदेख्न समेत संघले चेतावनी दिएको छ ।
प्रधानन्यायाधिस राणाले आफ्नो थर अनुसारको इतिहासलाई दोहोर्याउन खोजेको भन्दै उक्त दिवा सपना नदेख्न समेत चेतावनी दियो ।
संघका कार्यकताहरुले ‘चोलेन्द्र तेरो पाराले, दुःख पाए साराले’, ‘चोलेन्द्र चोर, अदालत छोड’, ‘अदालत डलरमा विक्न पाइँदैन, राष्ट्रघाती कदम चाहीदैंन’, ‘केपी ओली जिन्दावाद’, ‘संविधान मिच्न पाईदैन, राष्ट्रघाती कदम चाहिँदैन’, ‘वैदेशिक हस्तक्षेप मुर्दावाद’, ‘विदेशी दलाल होसियार’ लगायतका नाराहरु लगाईएको छ ।
उक्त राके जुलुस प्रदर्शनको नेतृत्व काठमाडौं क्षेत्र नं ८ राष्ट्रिय युवा नेपालका केन्द्रीय सदस्य निसार उद्दिन, काठमाडौं महानगर कमिटीका सदस्य लक्ष्मण शाही, काठमाडौं महानगर कमिटीका सदस्य उद्दव खड्गी, राष्ट्रिय युवा नेपाल कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल काठमाडौं क्षेत्र नं ९ बाट नेकपा एमाले कामपा १४ वडा कमिटीका अध्यक्ष विनोद थापा, नेकपा एमाले काठमाडौं क्षेत्र नं ९ का युवा नेताहरु राम खड्गी, ओम महर्जन, सुदिप खत्री, सुमन चित्रकार काठमाडौं क्षेत्र नं १० बाट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं स्थाइ कमिटी सदस्य शिव कुमार महर्जन, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य सुरेन्द्र थापाले गरेका थिए।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...





