होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो

होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो

मेट्रो संवाददाता

३० असार २०७८ १४:५३

काठमाडाैं, ३० असार २०७८ ।

होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो
होटल भवन भत्किँदा मृत्यु हुनेको संख्या सत्र पुग्यो

चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा सोमबार एक होटलको भवन भत्किँदा त्यसमा रहेकामध्ये मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

त्यस दुर्घटनामा परी सोमबार मात्र आठ जना नागरिकको ज्यान गएको बताइएको थियो । सोमबार अपरान्ह भत्किएको सो भवनमा थप नौ जना हराइरहेका थियो ।

जियान्सु प्रान्तका अधिकारीहरुले बुधबार उक्त भवनमा परेर हराइरहेका मध्ये थपको ज्यान गएकोले त्यसमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको निधन भएको र अरु हराइरहेका चिनिया अधिकारीहरुले मंगलबार जनाएका थिए ।

त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भवनमा परेकाहरुमध्ये पाँच जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।चिनियाँ अधिकारीहरुले बुधबार बिहान ९ बजे उक्त उद्धार कार्यको अन्त्य भएको बताएका छन् । -सिन्ह्वा

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता