राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वाेच्चमा महान्यायाधिवक्ताको शपथ

राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वाेच्चमा महान्यायाधिवक्ताको शपथ

मेट्रो संवाददाता

१ साउन २०७८ १८:५०

काठमाडाैं, १ साउन २०७८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण शीतलनिवासमा गर्न अस्वीकार गरेकी छन्।

महान्यायाधिवक्ताको शपथग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहिआए पनि राष्ट्रपतिले यसपटक भने अस्वीकार गरेकी हुन् ।

शपथग्रहणका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी थिइन् ।

विहीबार (हिजो) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानूनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेकी थिइन।

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको भएतापनि राष्ट्रपति भण्डारीले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी हुन् । तर, यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशबाट भएको थियो ।

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सवा २ बजे सर्वोच्च अदालतमा भएकाे छ। महान्यायाधिवक्ताले पहिलोपटक सर्वोच्च अदालतमा शपथ लिएका हुन। महान्यायाधिवक्ता खातीको शपथ ग्रहण प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले गराएका छन्।

राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको उदाहरण दिदै महान्यायाधिवक्ता खातीको शपथ शीतलनिवासमा गर्न अस्वीकार गरेको हो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता